लायन्स क्लब अफ गछियाले आयोजना गरेको निशुल्क : स्वास्थ्य शिविरमा ५ सय ६२ जनाले लाभ लिए
सुन्दरहरैंचा/ बैशाख ३
लायन्स अफ गछियाको आयोजना तथा नोवेल मेडिकल कलेज विराटनगर तथा काठमाडौ मेडिकल कलेजको प्राविधिक सहयोगमा सोमबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा-७ मा रहेको साजिलाल माध्यमिक विद्यालयको गछिया ब्लकमा संचालन भएको उक्त शिविरमा ५ सय ६२ जना बिरामीले लाभ लिएका छन्। जस मध्ये थप उपचारका लागि १ सय २२ जनालाई नोबेल मेडिकल कलेज बिराटनगर र ३ जना बिरामीलाई काठमाण्डौ मेडिकल कलेज रिफर गरिएको लायन्स क्लब अफ गछियाका सचिव पार्वती गच्छदारले जानकारी दिएका छन् ।
शिविरबाट रिफर हुने विरामीको अस्पताल सेवामा ५० प्रतिशत छुट गरिनेर काठमाडौं मेडिकल कलेजमा रिफर भएका बिरामीलाई अस्पतालले दिइने सेवामा शतप्रतिशत छुट हुने अस्पताल संचालक तथा संघीय सांसद डा. सुनिल कुमार शर्माले बताएका छन् ।

सो निःशुल्क स्वास्थ्य शिविरमा जेनेरल मेडिसिन विभाग, प्रसुति तथा स्त्री रोग विभाग, बाल रोग विभाग,हाड जोर्नी तथा नशा विभाग , नाक कान घाँटी रोग विभाग,. छाला रोग तथा यौन रोग, शल्यक्रिया विभाग, दन्तरोग विभाग, आँखाको जाँच विभाग, रेडियोलोजी विभाग, इसिजी मुटुको जाँच, ल्याब परीक्षण ( रगत, पिशाव जाँच) लगायत सेवा प्रवाह गरेको लायन्स क्लब अफ गछिया अध्यक्ष मातृका चापागाईंले जनाएको छ। चापागाईंले गरिब तथा बिपन्न वर्गका बिरामीहरुले अस्पताल सम्म पुग्न नसक्ने तथा स्वास्थ्य अवस्थाका कारण अकालमा ज्यान गुमाउनु पर्ने जस्ता बिषयलाई मध्यनजर गर्दै आम बिपन्न तथा गरिब वर्गमा समेत स्वास्थ्य सेवा पुग्न सकोस भनेर शिविरको आयोजना गरेको बताएका छन्।
लायन्स क्लब अफ गछियाले समाजिक उतरदायित्व पुरा गर्दै बिबिध समाजिक कार्यहरु जस्तै: बिद्यार्थीलाई न्यानो कपडा स्टेशनरी बितरण , रक्तदान कार्यक्रम लगयात गर्दै आएको छ। सो शिविरमा सुन्दरहरैंचा नगर अस्पतालले नि:शुल्क औषधी सहयोग गरेको थियो।
