पाठशालको अभिभावक दिवस तथा बार्षिक उत्सव कार्यक्रम सम्पन्न

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -२ , मृगौलियामा रहेको मण्टेश्वरी पद्धतिमा आधारित पाठशाला एकेडेमी अभिभावक दिवस तथा बार्षिक उत्सव -२०८० सम्पन्न भएको छ।

सो कार्यक्रममा बिद्यार्थीको प्रतिभा प्रस्पुटन, गायन, नृत्य तथा पुरस्कार बितरण रहेको थियो भने अभिभावक, शिक्षक नृत्य , जनचेतना मुलक नाटक प्रस्तुति साथै पौराणिक समाग्री प्रदर्शनी संगै बिबिध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत भएको थियो।

सो कार्यक्रममा स्कुलका व्यवस्थापन समिति अध्यक्ष रुद्र तिमल्सिनाको सभाध्यक्षता संचालन भएको कार्यक्रममा उदघाटन सुन्दरहरैंचा नगरपालिका नगर शिक्षा संयोजक , नगरप्रवक्ता तथा १२नं. का वडा अध्यक्ष रोशन प्रसाद ढकालले गर्नुभयो।

ढकालले कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थीको पहिलो अभिभावक पाठशाला रहेको हुँदा अभिभावकको समेत महत्वपूर्ण भुमिका रहेको भन्दै अब नगर शिक्षा समिति , नगर शिक्षा बनिसकेपछि बनेको ऐन र नियावाली बिधालयलाई ब्यबस्थित र राम्रो बनाउनु रहेको बताउनुभयो।

विद्यालयको वार्षिक योजना तथा प्रतिवेदन प्रस्तुत गर्दै प्रिन्सिपल खगेन्द्र धमलाले शैक्षिक सत्र २०८१ मा कक्षा थप गरी ५ कक्षा सम्म पठनपाठन गराउने उद्देश्य लिएको पाठशाला एकेडेमीले ५ बर्षभित्रमा आफ्नै जग्गा र भवनमा पठनपाठन गराउने बताउनु भयो।

विद्यालयमा स्थानीय तहले वडाले निगरानी बढाए शिक्षा क्षेत्रको बिकासमा नगरले राम्रो फड्को मार्ने सो वडाका अध्यक्ष बिबस प्रधानले बताउनुभयो।

६ जना विद्यार्थीवाट ५ वर्ष अघि स्थापना भएको सो विद्यालयमा प्लेग्रुप देखी कक्षा ४ सम्म पठनपाठन हुँदै आएको छ भने हाल १ सय ७५ विद्यार्थी रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र तिमल्सिनाले बताउनु भयो।

सो अवसरमा कोशी प्रदेश एनप्याबसन सह-सचिब कमल खनाल, एनप्याबसन नगर अध्यक्ष सुरेश खबास, स्थानीय राजनीतिककर्मी तथा समाजसेवी डिल्ली लुइँटेल, टेकराज तिमल्सिना लगायतको उपस्तिथि रहेको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ