सुन्दरहरैंचामा एसियन हाइवे निर्माणका लागि रुख कटान सुरु
सुन्दरहरैचा ।
पूर्वपश्चिम एसियन हाइवे निर्माणका लागि रुख कटान सुरु भएको छ । ‘दुई लेन’सडकलाई चार लेनमा रुपान्तरण गर्ने उद्देश्यअनुरुप निर्माण सुरु गरिएको एसियन हाइवेमा रुख कटान सुरु भएको हो ।
त्यसैगरी मोरंगको सुन्दरहरैंचा नगरपालिका वडा ७ गोठगाउँ देखि पश्चिम हाइवेमा बिहान पूजापाठ गरी रुख कटान सुरुवात गरेका छन । एशियाली राजमार्गका रुपमा पूर्वपश्चिम राजमार्गलाई स्तरोन्नती गर्ने कार्यका लागि राजमार्ग आसपासका क्षेत्रमा रहेका रुखहरु मोरगंको सुन्दरहरैचा क्षेत्रमा कटान सुरु गरिएको छ ।
हाल दुई लेन रहेको पुर्व पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गरिने भएपछि राजमार्ग किनारामा रहेका रुखहरु कटान गर्ने कार्य अन्तरगत गोठगाँउ देखि बुढीखोला सम्मको कटान सुरु गरिएको हो । एसियन राजमार्गको रुपमा विकास गरिने पुर्वपश्चिम राजमार्गको पुर्व क्षेत्रबाट सडक क्षेत्रमा पर्ने रुखहरु कटान गर्ने कार्य अन्तरगत झापाको काकरभिटा देखि गोठगाँउ सम्म रुख कटान गर्ने कार्य सम्पन्न भई सकेको छ । गोठगाउँ देखि वुढी खोला सम्मको रुख कटान सम्पन्न भएपछि सुनसरीको इटहरी तर्फ बुढी खोला देखि भाटभटेनी सम्मको कटान गरिने काकरभिट्टा लौकही सडक विस्तार आयोजना अन्तरगत ३ नम्बर प्याकेजका सिएम एडी कन्ट्रक्सन मेनेजर इन्जिनियर गौरीशंकर महतोले जानकारी दिनुभयो ।वहाँले तीन वर्ष भित्रमा सडक विस्तारको काम सक्ने गरी काम भई रहेको समेत जानकारी दिनुभयो । इन्जिनियर गौरीशंकर महतो
सिएम एडी प्याकेज नं. ३ अन्तर्गत कोभेक- सिआर ईजिसि- तुदी ज्वानइन्ट भेन्चरले सुनसरीको लौकही सम्म ठेक्काको जिम्मा लिएको छ। कटानसँगै सडक विस्तारको काम सुरु भइसकेको भन्दै इन्जिनियर महतोले राजमार्गका उत्तर दक्षिण विभिन्न भागमा ‘साइड क्लियरेन्स’ को काम भइरहेको बताउनु भयो ।
सव डिभिजन वन कार्यालय सलकपुरको समेत सहभागितामा सडक क्षेत्रमा पर्ने रुखहरु कटान गरिदै आएको र घाटगदी गर्ने कार्य भई रहेको सव डिभिजनका वन रक्षक डिल्लीराम मिश्रले जानकारी दिनुभयो ।
राजमार्ग क्षेत्रमा रहेका रुखहरु कटानका लागि सम्वन्धीत ठाउँका वन कार्यालयहरुले सडक क्षेत्रमा रुखहरु निती नियम अनुसार कटान गर्ने कार्य गर्दै आएका छन । एशियन राजमार्गका रुपमा पुर्वपश्चिम राजमार्ग विस्तारका लागि झापाको काँकडभिट्टा देखि सुनसरीको लौकही सम्म १ सय २० किलो मिटर सडक विस्तारका लागि ठेक्का लागि सकेको छ । एशिया महादेशमा रहेका देशहरुलाई स्थलमार्गबाट जोड्ने गरि अन्तरदेशिय सडकका रुपमा विकास गर्न लागिएको एशियन राजमार्ग निर्माणका लागि नेपालमा एसियाली विकास बैंकको सहयोग रहेको छ ।