सामुहिक नृत्य र एकल गायन प्रतियोगितातर्फ गणेश मावि प्रथम
मोरङको ग्रामथान गाउँपालिका–७ को वडाभित्रका विद्यालयस्तरीय सामुहिक नृत्य र एकल गायन प्रतियोगितातर्फ गणेश माध्यमिक बिधालय प्रथम भएको छ ।
प्रतियोगिताको एकल गायनतर्फ गणेश माविकी स्वस्तिका गजमेर प्रथम भइन् भने एकल नृत्यतर्फ भने राधाकृष्ण माविकी दीपशिखा चौधरी प्रथम भइन् ।
सो प्रतियोगितमा गणेश मावि, पशुपति मावि, जनता प्रावि, राधाकृष्ण प्रावि एवम् दुई वटा बालक्लवका विद्यार्थी सहभागी थिए ।
वडास्तरीय प्रतियोगितमा विजयी विद्यालयलाई शुक्रबार बाल दिवसको दिने हुने ग्रामथान गाउँपालिकास्तरीय प्रतियोगितमा सहभागी गराइने गणेश माविका प्रधानाध्यापक कुमारविक्रम खवासले बताए ।