एनप्याबसन मोरङ जिल्ला अध्यक्षमा नारायण प्रसाद ढकालको उम्मेदवारी घोषणा


एलएन गच्छदार

भदौ २६ गते

राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याबसन) नेपालको मोरङ जिल्ला अध्यक्ष पदमा नारायण प्रसाद ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन।

मोरङ ज्ञानोदय सेकेन्डरी इंग्लिस स्कुल लक्ष्मीमार्गका प्रिन्सिपल रहेका उनी पत्रकार भेटघाट कार्यक्रम मार्फत आगामी ३ बर्षे कार्यकालका लागि जिल्लाको छैठौं अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेको जानकारी गराएका हुन् ।शैक्षिक उन्नयन र विकासमा निजी क्षेत्रबाट यस संस्थाका माध्यमबाट निरन्तर समर्पित रहेको ढकालले यस अघि एनप्याबसन मोरंगको जिल्ला सचिव पदमा रहेर कुशलता पुर्वक काम गर्दै आएका व्यक्ति हुन्। उनी शैक्षिक र सामाजिक क्षेत्रमा अतुलनिय योगदान दिएका मिलनसार र उर्जाशील व्यक्तित्वको रुपमा चिनिन्छन।

अध्यक्षका पदका उम्मेदबार ढकालले सबल, सुदृढ र समृद्ध संगठन निर्माण एवं निजी विद्यालयमैत्री शिक्षा नीति सुदृढ, गतिशील र समृद्ध मेरो उम्मेदवारीका प्रमुख अजेन्डा रहेको बताए ।

पत्रकारसंगको कुराकानीमा जानकारी दिँदै यही भदौ २९ गते बिराटनगरमा हुन गइरहेको अधिवेशनमा आफूलाई अध्यक्षको उम्मेदवारका रूपमा प्रस्तुत गरेको जानकारी दिए ।

ढकालले निजी विद्यालयको हक, हित रसंवर्धन गर्न, समयसापेक्ष र सीपमुलक तथा जीवनोपयोगी शिक्षालाई प्राथमिकताका साथ अघि बढाउन, निजी र सामुदायिक विद्यालयबीचको विभेदकारी नीतिको अन्त्य गर्न, निजी विद्यालयमा देखिएका समस्या समाधान गर्न, विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने सक्षम जनशक्ति तयार गर्न आफ्नो उम्मेदवारी रहेको बताए ।

आज भन्दा करिब ८ / ९ वर्ष अघि जिल्ला अध्यक्षमा हालका केन्द्रिय सदस्य राजन छाराङ्गसंग २ मतले पराजित भएको बताउदैं यस भन्दा अघिको अधिवेशनमा सुलिदत अधिकारीसंग चुनाब लाडिरहदा भद्र सहमतिमा अधिकारीलाई अध्यक्ष र आफु सचिवमा रहेर काम गरेको बताए। आगामी कार्यकालको लागि एनप्याब्सन केन्द्रिय सदस्य राजन छाराङ्ग, हालका जिल्ला अध्यक्ष सुनिलदत्त अधिकारी, कोशी प्रदेश सचिव कमल खनाल देखी जिल्ला, प्रदेश र केन्द्र सम्म सबैको साथ रहेको अध्यक्ष पदका उम्मेदबार ढकालले बताए।

ढकालले एनप्याब्सन जिल्ला अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुका कारण यस्तो रहेको छ :–

१. सदस्य संख्या वढाउने र ३ वर्षको र कार्यकालमा १३० भन्दा वढी सदस्य बनाउने।

२. संगठनलाई शक्तिशाली बनाई समकक्षी संगठनको अस्तित्वको सामु अस्तित्व स्थापित गर्ने ।
३. एन प्याब्सनमा आवद्ध विद्यालयहरुलाई आर्थिक उन्नति सहित गुणात्मक शिक्षामा जोड दिने विधिहरू खोज्ने।
४. शिक्षक तालिमको व्यावस्थापन गर्न।
५. प्यारेन्टिङ्ग प्रोग्रामको लन्च गरी प्रत्यक विद्यालयका अभिभावकहरुलाई छोरा छोरी प्रति उत्तरदायी बनाउने।
६. सहकारीको अवधारण ल्याई आर्थिक उन्नतीका पाटाहरु खोजी गरी विद्यालय को चौतर्फी विकास गर्ने।
७. परिक्षा पद्धतीलाई सहज र सरल बनाई सबै बिधार्थीलाई सहज सहभागिता गराउने ।
८. पालिका जिल्ला प्रदेश र केन्द्र स्तरका कार्यक्रमहरु नियमित रुपमा गर्ने।

९. एन प्याब्सनलाई सेवामूलक र व्यावसायिक संस्थाका रूपमा विकास गर्न ।

१० . समयसापेक्ष सीपमूलक, जीवनउपयोगी व्यवहारिक पाठ्यक्रम निर्माण गर्न ।
११. संस्थागत विद्यालयका शिक्षक, कर्मचारी र लगानीकर्ता ( सञ्चालक)हरूको हक, हित, संरक्षण र संवद्र्धन गर्नुका साथै उनीहरूको पेशागत तथा अन्य सुरक्षाको प्रत्याभूति दिलाउन ।
१२. नेपाल सरकार, निजी शैक्षिक संस्था र सामुदायिक शैक्षिक संस्थाहरूको बीचको सम्बन्धलाई थप मजबुद बनाउन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *