बुवाको मुख हेर्ने दिनको अवसर पारेर बिबिध कार्यक्रम

बुवाको मुख हेर्ने दिनको अवसर पारेर बिबिध कार्यक्रम

सुन्दरहरैंचा भदौ २७ गते

चाहे जुनसुकै धर्म या सम्प्रदायका भएपनि बुवाको हात समातेर तोती बोली बोल्दै लरवरिएका पाइला चाल्न सिकेको हामी मध्ये धेरै छौं र त्यसरी ताते ताते गरेर हिंड्न सिकाउने, हाम्रो जीवन सजाउन दिनरात अहोरात्र खटेर हामीलाई कर्म दिने अनि सुरक्षा दिने बुवा । शायद शब्दले ब्याख्या गर्न सकिन्न, तिनै बुवाहरुको बुढेसकालको बलियो लाठी बन्नलाई हामीमध्ये धेरैले कडा परिश्रम पनि गरिरहेका छौं होला ! जे होस आमा बुवानै यस जगतका देख्न सकिने भगवानहरु हुन । आजका दिन पृथ्वीलोकका सम्पूर्ण पिताहरुलाई स्मृती गर्दै कोटी कोटी नमन गरौँ ।

यस्तै बुवालाई सम्झिने बिशेष दिन हो कुशे औंसी। कुशे औंसीलाई लाई बुवाको मुख हेर्ने औंसी पनि भनिन्छ। सुन्दरहरैंचा नगरपालिका वडा ४ मा रहेको ब्ल्युबेल चिल्ड्रेन केयर होमले बुवाको मुख हेर्ने दिवस मनाएका छन । उक्त केयर होमले १ दिन अगावै एक कार्यक्रम गरी बिधार्थीका अभिभावकलाई निमन्त्रणा गर्दै बुवाको मुख हेर्ने दिन मनाएका छन्।
हाम्रो संस्कृति र संस्कार जगेर्ना गर्न र नैतिक संस्कारयुक्त शिक्षा प्रदान गर्नका लागि यस किसिमको कार्यक्रम गर्दै आएको केयर होमका अध्यक्ष सिर्जना कट्टेलले बताईन ।


उक्त अवसरमा बालबालिकाले आफ्ना अभिभावकलाई केक खुवाएर स्कुलमै बुवाको मुख हेर्ने दिन मनाएका छन्।

राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याबसन) नेपाल नगर कार्यसमिति सुन्दरहरैंचाका अध्यक्ष सुरेश खबासको प्रमुख आथित्यतामा भएको कार्यक्रममा खवासले कार्यक्रमको उद्घाटन गर्दै एन प्याब्सनमा आवद्ध विद्यालयहरुलाई आर्थिक उन्नति सहित गुणात्मक शिक्षामा जोड दिने विधिहरू खोज्ने शिक्षक तालिम को व्यावस्थापन गर्नु पर्ने बिषयमा जोड दिए।

मन्टेश्वरी बिधिबाट शान्त बाताबरणमा पठ्पाठन हुदैं आएको उक्त स्कुलले संस्कारयुक्त शिक्षालाई जोड दिदै बुवाको मुख हेर्ने दिनको शुभकामना ब्यक्त गर्दै आफ्नो पिता र अभिभावक प्रति परिवारप्रति उत्तरदायित्व बन्नु पर्ने अपरिहार्य रहेको अध्यक्ष खवासले बताए।

उक्त अवसरमा गायन नृत्य, मनोरन्जनात्मक खेल साथै अन्य कार्यक्रम गरी कार्यक्रम मनाएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *