नोवेलको निःशुल्क स्वास्थ्य शिविरमा ४३१ जना विरामीको स्वास्थ्य परीक्षण र उपचार
नोवेलको निःशुल्क स्वास्थ्य शिविरमा रामधुनी नगरपालिका वडा नं. ८ र ९ का ४३१ जना विरामीको स्वास्थ्य परीक्षण र उपचार
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिल बिराटनगरको प्राबिधिक सहयोग र रामधुनि नगरपालिका वडा नं. ८ एवं ९ को आयोजनामा रामधुनि नगरपालिका वडा नंं ८ स्थीत डुम्राहा सामुदायिक भवन र स्वास्थ्य चौकीको भवनमा मिति २०८० मंसिर १३ गते मुटु रोग र प्रसुती तथा स्त्री रोग सम्बन्धी एक दिवसिय निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । शिविरमा ४३१ जनाको स्वास्थ्य परीक्षण र उपचार भएको छ जस मध्ये १२७ जनाको इकोकार्डियोग्राम, ३९ जनाको इ. सि. जि. ९८ जनाको भिडियो एक्सरे र ७५ जनाको प्रयोगशाला परीक्षण भएको थियो ।
नोवेलले विभिन्न संघ संस्थाहरुको समन्वयमा विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ ।






