इटहरीमा दिउसै हात्ती आतंक : स्थानियद्वारा सुरक्षा माग

इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालिका वडा नं २ , ३ र १९ मा दैनिक जंगली हात्तीले अातंक मच्चाउन थालेपछि स्थानियहरू त्रसित बनेका छन । इटहरी २ शान्तिनगर , बाैका , इटहरी १९ ब्रह्रम्पुर र भवानिपुर क्षेत्रमा दिउसै हात्ती आतंक मच्चिएपछि स्थानियहरू त्रसित बनेका हुन । अागनमा गफ गरिरहेकै बेला छावा सहित ४ वटा हात्तीहरू अाएर घरभित्रकाे धान लान थालेपछि भवानीपुरकमा स्थानियहरूले जिउ ज्यानकाे सुरक्षा माग गरेका छन ।

जंगली हात्तीकाे समुहले मंगलबार बिहान मात्रै ४ वटा घरमा क्षती पुर्याएकाे छ । इटहरी १९ ब्रहमपुरकि पवित्रा अधिकारी , कृष्णबहादुर विक , भवानीपुरकि दिलमाया विक र विष्णु राइकाे घरमा हात्तीले क्षती पुर्याएकाे हाे । भवानीपुरका राइकाे घरमा ४ वटा हात्ती छिरेर कटेज भत्काइ रक्सिकाे भाडाहरू फुटाएकाे छ भने दिलमायाकाे घर नै भत्काएर भित्रबाट धानकाे बाेरा लगेकाे पिडितहरूले बताएका छन ।

पटक पटक उपमहानगरसंग हात्ती नियन्त्रणकाे माग गर्दै अाएपनि कुनै सुनुवाइ नभएकाे पिडित मध्ये दिलमाया विकले बताए ।हात्ती अातंककै कारण अहिले साे क्षेत्रका वासिन्दाहरू सानाे नानी च्यापेर रातभर जाग्राम बस्ने गरेका छन । दिनभरी आफ्नै काम , रातभर जाग्रम यस्तै छ यहाकाे अवस्था हात्ती धपाउन रातभरी जाग्राम बसेका इटहरी १९ का विस्णु राइ बताउछन ।

त्यस्तै इटहरी १९ भवानीपु स्थित सुर्य टाेलमा पनि दैनिक स्थानियहरू हात्ती धपाउनकैलागि रातभरी जाग्राम बस्ने गरेका छन । रातभरी आगाे बालेर र थाल थटाएर हात्ती धपाउने गरेकाे उनिहरू बताउछन ।

इटहरी १९का वासिन्दाले मंगलबार नै वडा कार्यालय पुगेर जिउ ज्यानकाे सुरक्षा र बिद्युतिय पाेलहरूमा बत्ती र साइरन माग गर्दै लिखित निवेदन दिएका छन । वडावासिहरूले वडाध्यक्ष श्री नारायण चाैधरीलाइ भेटेर उपमहानगर समक्ष यस्ताे माग गरेका हुन ।हात्ती अातंकबारे उपमहानगरसंग छलफल भइरहेकाे र समस्या सामधान गर्ने तर्फ सम्बन्धित निकायकाे ध्यानाकर्षण गराउने काम भइरहेकाे इटहरी १९ का वडाध्यक्ष श्रीनारायण चाैधरीले बताए ।

यता उपमहानगरका मेयर हेमकर्ण पाैडेल संग सम्पर्क गर्दा उनले इटहरीकाे बिभिन्न वडाहरूमा हातती आतंक मच्चिएकाे स्विकारेका छन । कतिपय दिनहरूमा आफै पनि गस्तीमा निस्किएर हात्ती धपाउने गरेकाे मेयर पाैडेलले बताए । सम्बन्धित सराेकारवालाहरू संग एक प्रकारकाे छलफल भइरहेकाे र चाडै नै याे समस्या हल हुनेमा आफु बिस्वस्त रहेकाे मेयर पाैडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *