बुद्धिचाल प्रतियोगितामा एभरेष्ट बोर्डिङ स्कुल च्याम्पियन

पथरी शनिश्चरे समाचारदाता
नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगरसमिति मोरङको आयोजनामा भएको ‘प्रथम अन्तर स्कुल टिम बुद्धिचाल प्रतियोगिता—२०८१’को उपाधि एभरेष्ट इङ्गिलस बोर्डिङ स्कुलले जितेको छ ।
प्रतियोगिताको अन्तिम ३ राउण्ड आज (शनिबार) सम्पन्न भएको थियो । प्रतियोगिताभर ९ राउण्डको खेलमा एभरेष्टका विद्यार्थीहरुले १७ अंक ल्याएर नगरको च्याम्पियन भएको हो ।
त्यसैगरी १४ अंक ल्याएर मोरङ मेरिगोल्ड अंग्रेजी हाई स्कुल दोस्रो र १३ अंक ल्याएर बाल जानगरण विद्या मन्दिर प्रतियोगिताको तेस्रो पुरस्कार जितेको छ ।
खेल विजेता एभरेष्ट स्कुलको तर्फबाट सेम्रिल राई, आयुस लिम्बू र सिद्धान्त कन्दङ्वाले खेलेका थिए । दोस्रो हुने मोरङ मेरिगोल्डबाट कृष्टि राई, श्रीजन श्रेष्ठ, अनुराग उप्रेती, तेस्रो बाल जागरणबाट आभाष कार्की, सयुध कार्की र स्नेह राईले खेलेका थिए ।
विजेता स्कुल र खेलाडीहरुलाई पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्वापो, नेपाल बुद्धिचाल संघ प्रदेश समिति सदस्य रामकुमार मादेन, सिंहबाहिनी माविका प्रधानाध्यापक उमेश खड्का, भूपू सैनिक अंग्रेजी स्कुलको प्रिन्सिपल उपेन्द्र कडेल, दुर्गा माविका प्रधानाध्यापक निलम बस्नेत, फ्रेण्डसीप चेस क्लवका अध्यक्ष अमिर राई, एभरेष्ट बोर्डिङ स्कुलका दिनेश कन्दङ्वा लगायतको हातबाट ट्रफि, मेडल, प्रमाणपत्र र सहभागी विद्यालयका खेलाडीहरुलाई प्रमाण प्रदान गरिएको थियो ।
खेलभर उत्कृष्ट प्रदर्शन गर्ने मावि र आधारभूत दुवै तहमा एभरेष्ट स्कुलका आयुस लिम्बू र सिद्धान्त कन्दङ्वा, महिलातर्फ मोरङ मेरिगोल्डकी कृष्टि राईलाई आकर्षक ट्रफि प्रदान गरिएको थियो ।
एभरेष्टका आयुसले ८, सिद्धान्तले ८.५ र मोरङ मेरिगोल्डकी कृष्टिले व्यक्तिगत ९ अंक प्राप्त गरेका थिए ।
कार्यक्रममा नगर प्रमुख मोहनप्रसाद तुम्वापोले आयोजक र विजेता खेलाडीहरुलाई बधाई शुभकामना दिदै नगरपालिका सहयोग गर्न तयार रहेको बताए । पवन राईले स्वागत गरिएको कार्यक्रममा बुद्धिचाल संघ प्रदेश समिति सदस्य रामकुमार मादेन, सिंहबाहिनी माविका प्रअ उमेश खड्का, भूपू सैनिक स्कुलका प्रिन्सिपल उपेन्द्र कँडेल लगायतले शुभकामना दिएका थिए ।
बुद्धिचाल खेलको विकास र खेलाडी उत्पादन गर्ने उदेश्यले आयोजित प्रतियोगितामा पथरीशनिश्चरे नगरका १० वटा विद्यालय प्रतियोगितामा सहभागी रहेका थिए । हरेक विद्यालयबाट कम्तिमा एक जना महिलासहित ३/३ जना खेलाडी सहभागी गराइएको आयोजक नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिका अध्यक्ष डम्बर बाछना राईले बताए ।
स्वीस लिगको नियममा खेलाइएको प्रतियोगिताको हरेक राउण्डमा ३ मध्ये २ जनाले जितेमा स्कुलले २ अंक जोडिन्थो । असोज ४ गते तीन राउण्ड, मंसिरमा ३ र चैत्र २ गते ३ राउण्ड खेलाइएको थियो ।
प्रतियोगितामा एभरेष्ट, मोरङ मेरिगोल्ड, बाल जागरणक, किर्तिपुर एकेडेमी, सिंहबाहिनी मावि, वाल्मीकि मेमोरियल बोर्डिङ स्कुल, भूपू सैनिक अंग्रेजी स्कुल, सुनाखरी मावि, दुर्गा मावि र बाल कल्यान मावि सहभागी रहेका थिए ।
संघले हेरक बर्ष यसैगरी प्रतियोगिता गराउने योजना रहेको अध्यक्ष डम्बर बाछाना राईले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *