सुन्दरहरैँचाका स्रष्टा दुर्गा खरेल ‘दीपज्वाला’को ‘विश्वमानव’ निबन्धसङ्ग्रहको लोकार्पण


सुन्दरहरैँचाका स्रष्टा दुर्गा खरेल ‘दीपज्वाला’को ‘विश्वमानव’ निबन्धसङ्ग्रहको लोकार्पण

मोरङ । मोरङको सुन्दरहरैँचाका लेखक दुर्गा खरेल ‘दीपज्वाला’ द्वारा लिखित ‘विश्वमानव’ निबन्धसङ्ग्रहको लोकार्पण भएको छ । सुकुना बहुमुखी क्याम्पसको सभाहलमा आयोजित एक कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो ।
प्रगतिशील लेखक सङ्घ नेपाल कोसी प्रदेश अध्यक्ष तिला लेकाली प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा लेखक तथा समीक्षक केशु विरहीले लोकार्पित कृति ‘विश्वमानव’ माथिको समीक्षा प्रस्तुत गरेका थिए ।

कृतिमाथिको समीक्षा प्रस्तुत गर्दै विरहीले विविध विषयमा लेखिएका खरेलका निबन्ध पठनयोग्य रहेका बताए । संसारभरि छरिएर रहेका मानिसमा मानवता र भाइचाराको विकास गर्न ‘विश्वमानव’ ले सहयोगी भूमिका निर्वाह गर्ने आशा व्यक्त गरे ।
प्रलेस नेपाल मोरङ शाखाको एघारौँ जिल्ला अधिवेशनसमेत रहेको उक्त कार्यक्रममा प्रलेस नेपाल कोसी प्रदेश सचिव राजेन्द्र सर्वहारा, मोरङ जिल्लाका पूर्व अध्यक्षहरू गोपाल निर्भिक, भानु भण्डारी, अमृतप्रसाद आचार्य (आचार्य अ.), सुकुना बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारी, क्याम्पस प्रमुख अर्जुनराज अधिकारी, बेलबारीका अग्रज स्रष्टा ईरान राई, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, नेपाल प्रज्ञा–प्रतिष्ठान काव्य विभागका सदस्य रामप्रसाद खरेल, महेन्द्र बहुमुखी क्याम्पस धरानका नेपाली विभागका विभागीय प्रमुख भाषाविद् तथा समीक्षक डा. दीपकप्रसाद न्यौपाने, मुक्तककार नवराज पोखरेल ‘नवशिला’, जेफाले सिर्जना डबलीका युवराज ठकुरीलगायतको उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष विदुर सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने सचिव धनजीत पराजुलीको रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *