ब्राइट फ्युचर सेकेण्डरी स्कुलमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एलएन गच्छदार / फागुन ४ गते

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. ८, सलकपुरस्थित ब्राइट फ्युचर सेकेण्डरी स्कुलमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। लक्ष्मी सनराइज बैंकको प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रममा कक्षा १२ का १५० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो।

कार्यक्रममा वित्तीय ज्ञान, बैंकिङ प्रणाली, बचत तथा लगानीका अवसरहरू लगायतका विषयमा छलफल गरिएको थियो। प्रशिक्षक चन्द्र श्रेष्ठ र अजित वान्तवाले कार्यक्रमको सहजीकरण गरेका थिए।

त्यस अवसरमा लक्ष्मी सनराइज बैंकको विराटचोक शाखाका शाखा प्रवन्धक प्रमोद हरी पोख्रेलले वित्तीय साक्षरताले युवाहरूलाई बचत, लगानी, ऋण व्यवस्थापन तथा डिजिटल बैंकिङको उचित प्रयोग सम्बन्धी ज्ञान दिने भएकाले यस्ता कार्यक्रम महत्त्वपूर्ण रहेको बताए।

विद्यालयका सहायक प्रधानाध्यापक मनोज पौडेलले यस्ता वित्तीय सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे। सहभागी विद्यार्थीहरूले कार्यक्रम निकै ज्ञानवर्धक भएको प्रतिक्रिया दिएका छन्।

यस बर्ष  लक्ष्मी सनराइज बैंकद्वारा प्रदान गरिने छात्रवृत्तिअन्तर्गत ब्राइट फ्युचर सेकेण्डरी स्कुलमा अध्ययनरत कक्षा ८ की छात्रा जिज्ञासा गिरीलाई छात्रवृत्ति प्रदान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *