सुन्दरहरैंचामा विश्वविख्यात दार्शनिक तथा योग गुरु डा.योगी विकाशानन्द आउने

एलएन गच्छदार

सुन्दरहरैंचा / चैत २२ गते

मोरंगको सुन्दरहरैंचामा विश्वविख्यात दार्शनिक तथा योग गुरु डा.योगी विकाशानन्द आउने भएका छन् । आगामी चैत २७ गते सुन्दरहरैंचा नगरपालिका वडा -९ मा रहेको इन्द्रपुर जेसिजको मंगल स्मृति हलमा आयोजना हुने ध्यान, साधना, योग लगायतका विविध विषयमा कार्यक्रम गर्ने गरी डा. विकासानन्द आउन लागेका हुन ।

सो एक दिवसीय कार्यक्रममा गहनतम वैज्ञानिक, आध्यात्मिक, कलात्मिक अनुसन्धानात्मक ज्ञानबाट प्रयोगात्मक रुपमा लाभ उठाई जीवन परिवर्तन गर्न पुर्व कोशी प्रदेश सांसद लोक प्रसाद संग्रौलाले सभागी हुन आह्वान समेत गरेका छन् ।

शिविरको तयारी पुरा भएको विश्व परिवार विकासानन्द फाउन्डेसन सुन्दरहरैंचाका संयोजक शान्ता लुइँटेलले जानकारी गराउदैं मानव समाज अस्त व्यस्त जीवन शैलि, प्रतिस्पर्धात्मक दौडधुप, सस्तो र सर्वसुलभ सुचना प्रविधि, छिटो र सजिलो तयारी खाना, आरामदायी उठबस आदीका कारणले उत्पन्न मनो सामाजिक समस्या, आर्थिक, सांस्कृतिक परिवन्ध जसका कारणले निम्त्याएको मानव जगतमा ठूलो क्षतिको न्यूनिकरण गर्न र समस्याको समाधान नभई कारण पत्ता लगाउन सहज हुने योग, ध्यान, साधना, मन्त्र एवं हिप्नोसीस, डेमो, आध्यात्मिक सरिक भई आफू परिवार र समाजको कल्याण गर्ने हेतुले कार्यक्रमको शोभा बढाइदिनु अनुरोध गरेकी छिन   ।

मंगल स्मृति हलमा  दिउँसो १२:०० देखि ५:०० बजे सम्म मंगलबार उक्त योग, ध्यान, ज्ञानको शिविर आयोजना गरिएको जानकारी दिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *