लागूऔसध ब्राउनसुगरसहित सुन्दरहरैचाका कमल प्रहरीको फन्दामा
योगेन्द्र योगी
बिराटनगर : मोरङको सुन्दरहरैचा नगरपालिकाबाट लागुऔषध ब्राउन सुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
सुन्दरहरैचा ६ बस्ने कमल मगरको घरमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी सहायक निरीक्षक रोहित थापा मगर र प्रहरी चौकी गछियाबाट प्रहरी नायव निरीक्षक (सई) सुर्य बहादुर बस्नेतको संयुक्त मगरलाई सोमबार बेलुकी ६ बजे नियन्त्रणमा लिएको हो।

उनको साथबाट प्लास्टिकमा पोको पारेको ब्राउनसुगर जस्तो देखिने ४.३० ग्राम खैरो धुलो,स्पास्पेन ९२ ट्याब्लेट,ट्रमाडोल २१० क्याप्सुल,डेकोलिङ ८६ ट्याब्लेट,स्पास्मो ३५ ट्याब्लेट बरामद गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक तेज बहादुर दाहालले जानकारी दिए।
प्रहरी निरिक्षक दाहालका अनुसार उनको साथबाट थप एक थान रियलमी मोबाइल,स्टिलको थाल,गाँजा काट्ने छिनो,गाँजा काट्ने काठको ओख्ली र पर्स एक थान बरामद गरिएको बताए। लागुऔसध कारोबारी अहिले इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेको र थप अनुसन्धान भईरहेको उनले बताए।
पछिल्लो मोरङमा लागुऔसध खाने र कारोबार गर्ने युवाहरुको संख्या बढ्दो छ। यसलाई नियन्त्रण गर्न प्रहरी पनि कम्मर कसेर लागिरहेको छ।
