बेलबारीमा साइकल दुर्घटना हुदाँ एकको मृत्यु

मोरङको बेलबारी नगरपालिकामा साइकल दुर्घटना हुदाँ एकको मृत्यु भएको छ । बेलबारी नगरपालिका वडा नं ५ मा गएराति साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

बेलबारीको भित्री सडकमा मंगलबार बिहान एक व्यक्तिको शव फेला परेको थियो । उक्त शव सोही वडा बस्ने वर्ष ६० को टिकाराम पुरीको रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पुरी सोमबार राती नै घरबाट साइकल लिएर हिडेका थिए । तर राती सम्म पुरी घर नआएपछी प्रहरी र उनका आफन्तहरु पुरीलाई खोज्न निस्किएका थिए । मंगलबार बिहान घर नजिकै रहेको कुलोमा मृत अवस्थामा साइकल सहित आफन्तले पुरीको शव भेट्टाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साइकल अनियंत्रित भएर बिजुलीको पोलमा ठोक्किएर कुलो भित्र पसेको थियो ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक तेजबहादुर दाहालको नेतृत्वमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *