बेलबारीमा मापसे गरेर साइकल कुदाउदा पुरीको घटनास्थलमै मृत्यु
योगेन्द्र योगी
बिराटनगर : बिजुलीको पोलमा साइकल ठोकिदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ। सोमबार बेलुकी ६ बजे मोरङको बेलबारी नगरपालिका ५ का वर्ष ६० को टिकाराम पुरी घटनास्थलमा नै मृत्यु भएको हो।
कोहि कसैलाई नभनि घरबाट साइकल लिई हिनेको पुरी अवेर राति सम्म घर नफर्केपछि आफन्तले खोत गर्ने क्रममा मंगलबार बिहान घर नजिकै रहेको सडकको दक्षिण साइडमा रहेको बिजुलिको पोलमा ठक्कर खाइ साइकल दुर्घटना भै भई कुलोमा लडि मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक तेज बहादुर दाहालले जानकारी दिए।
मृतकको शव परिवारले फेला पारी होहल्ला गरेपछि स्थानियले अस्थाई प्रहरी चौकी सोमबारेमा जानकारी गराएका थिए। जानकारी गराउनसाथ तत्काल प्रहरी हवलदार केसब राउतको टोलीले घटना स्थाल सुरक्षित राखेको थियो। मृतकले अत्याधिक मात्रामा मापसे गर्ने गरेको कारण दुर्घटना भएको हुन् सक्ने प्रहरीले अनुमान गरेको छ। थप अनुसन्धान तथा कानुनि प्रक्रियाको लागि प्रहरी निरिक्षक दाहालको कमाण्डमा प्रहरी टोली घटनास्थल खटिएको छ। उक्त स्थान इप्रका बेलबारीबाट ५ किलोमिटर दक्षिण पर्छ ।
