साहित्यकार याक्खाकाे दुई कृतिको विमोचन

मणिराम दाहाल / सुन्दरहरैँचा

माेरङकाे सुन्दरहरैँचा ५ तीनपैनीमा साहित्यकार पुरन याख्याद्वारा लिखित दुई कृति “गर्भभित्र” कविता सङ्ग्रह “झुपडी ” कथा सङ्ग्रह लाेकार्पण कार्यक्रम सम्पन्न भएको छ ।

भानु शाखा पुस्तकालयकाे सभाहलमा आयोजित कार्यक्रममा याख्खाद्वारा लेखित दुई कृतिकाे एकसाथ विमोचन गरिएको हो। कार्यक्रममा वरिष्ठ साहित्यकार, भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपानेको प्रमुख आतिथी थिए । उनले याख्याद्वारा लेखित दुई कृतिकाे एकसाथ विमाेचन हुन सकारात्मक पक्ष भएको उल्लेख गर्दै यसले साहित्यकाे विकासलाई अघि बढाएको बताए । कार्यक्रममा साहित्यकार याक्खाको कृतिमाथि कवि टीका आत्रेय तथा बम देवानले समीक्षा गरेका थिए।

कार्यक्रमका अध्यक्ष तथा साहित्यकार याक्खाले २०४८ मा रचिएको ‘गर्भभित्र’ (कवितासङ्ग्रह) २०८१ सालमा जन्मिएको बताए । उनले लामाे समय पछि जन्मिएको कृतिलाई सबै पाठकहरूले पढेर प्रतिक्रिया दिन आग्रह गर्दै आगामी दिनमा पनि साहित्यलाई निरन्तरता दिंदै थप कृति प्रकाशित गर्ने तयारी रहेको जानकारी दिए । लेखकोको ‘गर्भभित्र’ (कवितासङ्ग्रह) बाट भानु साझा पुस्तकालयका सचिव बिशाल गुरागाई, कवि प्रिन्स प्रमोद ढकाल, गीताप्रसाद श्रेष्ठ लगायतले कविता वाचन गरेका थिए।

कार्यक्रममा कवि मनु मञ्जिल, लेखक तथा पत्रकार केशु विरही, भानु साझा पुस्तकालयका पूर्व अध्यक्ष विरेश राई, सुकुना बहुमुखी क्याम्पसका पूर्व प्रमुख पीतकुमार श्रेष्ठ, सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष छवि वैरागी घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन भानु साझा पुस्तकालयका साहित्य सचिव गीताप्रसाद श्रेष्ठले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *