अपांगता भएका विद्यार्थीलाई नि:शुल्क शिक्षाका लागि ध्यानाकर्षण पत्र :

 

अपांगता भएका विद्यार्थीलाई नि:शुल्क शिक्षाका लागि ध्यानाकर्षण पत्र : अपांगता भएका व्यक्तिकाे उच्च शिक्षामा पहुच न्यून

मणिराम दाहाल / सुन्दरहरैँचा

माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित पूर्वाञ्चल विश्वविद्यालयकाे केन्द्रीय कार्यालय गाेठगाउँमा अपांगता भएका विद्यार्थीलाई कानुन बमाेजिम नि:शुल्क शिक्षाका लागि ध्यानाकर्षण पत्र बुझाइएकाे छ ।

राष्ट्रिय अपांग महासंघ नेपालद्वारा पिपूका उपकुलपति प्रा.डा बिजुकुमार थपलिया मार्फत ध्यानाकर्षण पत्र बुझाइएकाे हाे । उक्त कार्यक्रममा महासंघका काेशी प्रदेश व्यवस्थापक सरोज नेपाली सहित अपाङ्गता क्षेत्रमा काम गर्ने विभिन्न ४ संघ सस्थाका प्रतिनिधि टोलिको उपस्थिति रहेको थियो ।

महासंघका काेशी प्रदेश व्यवस्थापक नेपालीले नेपालको संविधानको धारा ३१ को ३ मा निशुल्क शिक्षाको व्यवस्था, २०६० कार्तिक २८ गते सर्वोच्च अदालतले अपाङ्गता भएका विद्यार्थीलाई निशुल्क शिक्षा उपलव्ध गराउने सन्दर्भमा गरेको फैसला, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन २०७४ को परिच्छेद ५ को दफा २१ मा नि:शुल्क शिक्षा उपलब्ध गराउने व्यवस्थाको विषयमा विस्तृत जानकारी दिए । उनले अपाङ्गता गरिबी एक अर्काका परिपुरक भएकाेले अपाङ्गता भएका व्यक्तिलाई शिक्षाको पहुँचमा पुर्याउनका लागी नि:शुल्क शिक्षा आवश्यक भएको बताए । कोशी प्रदेशमा अधिकांश अपाङ्गता भएका व्यक्तिले शुल्क तिर्नुपरेकै कारण शिक्षाको पहुँचमा पुर्याउन चुनौती भएको महासंघका काेशी प्रदेश व्यवस्थापक नेपाली औल्याए । उनले भने “ अपाङ्गता भएका व्यक्तिको भौतिक ,आर्थिक तथा नितिगत पहुँच नभएका कारण शिक्षाको माध्यमवाट विकासको मुलधारमा ल्याउन सकिएको छैन् । पियूले नितिगत संसोधन निर्माण गरि कानुन बमोजिम अपाङ्गता भएका व्यक्तिलाई जुनसुकै विधामा नि:शुल्क शिक्षाको लागी पहल गरिनुपर्ने माग गर्दछौं ´´।

मागपत्रको सम्वोधन गर्दै पियूका उपकुलपति प्रा. डा. थपलियाले विश्वविद्यालयको आर्थिक स्रोतको आभाव, विश्वविद्यालय अनुदान आयोगबाट पूर्वाञ्चल विश्वविद्यालय तथा पाेखरा विश्वबिद्यालयलाई न्युन अनुदान जस्ता समस्याका कारण धेरै कामहरु गर्न वाँकी रहेको बताए । उनले हालसम्म आयोगवाट निर्देशन गरे अनुसारको छात्रवृद्धि नियमित प्रदान गर्दै आएको हुँदा अपाङ्गता भएका व्यक्तिको निशुल्क शिक्षाको विषयमा थप कानुनी रूपमा हेर्नुपर्ने साथै उचित भएमा लागु गर्नका लागी लागीपर्ने आश्वासन दिए ।

हाल काेशी प्रदेशमा अपांगता भएका व्यक्तिकाे लागि उच्च शिक्षामा पहुच न्यून रहेको छ । काेशी प्रदेशमा हाल १ लाख १७ हजार २ सय १९ अपांगता भएका व्यक्ति छन् । जसमा सरकारले करिव ६८ हजारकाे हाराहारीमा अपांगता परिचयपत्र वितरण भएको छ। यसमा ५० प्रतिशतले सामाजिक सुरक्षाभक्ता प्राप्त गरिरहेका छन् । हाल प्रदेशमा ५ जाना अपांगता भएका व्याक्तिले उच्च शिक्षा अध्यायनका लागि आर्थिक आभावका कारण शिक्षाबाट बन्चित भएको भनी महासंघमा निवेदन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *