विराटनगरमा औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी हुने

विराटनगर , चैत्र १८ गते । साझा प्रयास नेपाल को आयोजनामा विराटनगरमा औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी हुने भएको छ । स्वरोजगार आत्मर्निभरता हाम्रो आधार, शहरदेखि गाउंसम्म व्यापार विस्तार भन्ने मुल नाराका साथ औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी आयोजना हुन लागेको हो ।

औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी चैत्र २५ गतेदेखि बैशाख १० गतेसम्म सञ्चालन हुने आयोजक संस्था साझा प्रयास नेपाल ले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनीे विराटनगरको आयल निगम पश्चिम पटटीको खाली जग्गामा सञ्चालन गरिने छ । आयोजक सस्था प्रयास नेपाल की अध्यक्ष आशा खड्काले मेला आयोजनाले राष्ट्रको आर्थिक गतिविधि चलायमान हुने र व्यवसायलाई थप चलाएमान बनाउने बताइन । स्थायी प्रदर्शनी स्थलमा फरक शैलीबाट नयां पनका साथ एक्स्पो सञ्चालन गरिने अध्यक्ष खडकाको दावी छ् । अध्यक्ष खड्का अनुसार मेलामा ३ लाख बढीले अवलोकन गर्ने र ६९ लाख बढीको आर्थिक कारोवार हुने अपेक्षा गरिएको छ ।

मेलामा दैनिक उपभोग्य वस्तु तथा सेवा, साना तथा घरेलु उत्पादनको प्रर्दशन, हस्तकला, कृषि उत्पादन, अटोमोबाइल्स, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल्स, होटल, सूचना प्रविधि लगायतका ८० बढी स्टल रहने छन् ।
आइतवार सम्म ६० स्टल दर्ता भएको आयोजकहरुले बताएका छन् । आयोजक सस्थाकी सचिव इन्दिरा दाहाल खड्काले प्रदर्शनी स्थलमा मेलाको आवश्यक तयारीका काम अन्तरगत स्टल दर्ता तथा स्टल निमार्णको काम भैरहेको जानकारी दिइन् । मेलालाई आकर्षण बनाउनको लागी नियमित स्थानिय तथा राष्ट्रिय कलाकारहरुले सास्कृतिक प्रस्तुति देखाउने समेत आयोजक सस्थाले बताएको छ । स्थानिय स्तरमा महिलाद्धारा निर्मित हस्तकलाका सामाग्रीलाई बजारीकरण गरेर देशको अर्थ व्यावस्थामा सुधार ल्याउनको लागी मेला आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ