जेसीआई इन्द्रपुरको दोस्रो बोर्ड बैठक सफलतापूर्वक सम्पन्न


एलएन गच्छदार / चैत्र १० गते आइतबार 

सुन्दरहरैंचा – जेसीआई इन्द्रपुरले आफ्नो दोस्रो बोर्ड बैठक शनिबार  जेसीआई इन्द्रपुरको सचिवालयमा सफलता पूर्वक सम्पन्न गरेको छ। बैठकमा संस्थाका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

बैठकका क्रममा संस्थाको वर्तमान गतिविधिहरूको समीक्षा गर्दै आगामी कार्यक्रमहरूको योजनाबारे छलफल गरिएको थियो। साथै, संस्थाको प्रभावकारिता बढाउनका लागि विभिन्न नवीन योजना तथा रणनीतिहरूबारे पनि महत्वपूर्ण निर्णयहरू गरिएका छन्।

वर्ष २०२५ का जेसिआई अध्यक्ष  आकाश दुलालको अध्यक्षतामा सम्पन्न बैठकमा संगठनको लक्ष्य, समाजसेवाका विभिन्न पहलहरू, तथा स्थानीय तहसँगको सहकार्यका विषयमा विस्तृत छलफल गरिएको थियो। बैठकले संस्थाको आगामी कार्यक्रमहरूलाई प्रभावकारी बनाउन रणनीतिक योजना अवलम्बन गर्ने निष्कर्ष निकालेको छ।

बैठक सफलतापूर्वक सम्पन्न गर्न योगदान दिनु हुने सबै सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष दुलालले आगामी दिनमा पनि संस्थाले अझ प्रभावकारी रूपमा समाज सेवा गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *