दुर्गा प्रसाईंलाई साइबर अपराध मुद्दाबाट सफाई


काठमाडौं — मेडिकल व्यवसायी दुर्गा प्रसाईंले साइबर अपराध (विद्युतिय अपराध) सम्बन्धी दुईवटा मुद्दाबाट सफाई पाएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासले बुधबार प्रसाईंलाई दुईवटै मुद्दामा सफाई दिएको हो।

रोशन सुवेदी र टीका संग्रौलाले दिएको जाहेरीका आधारमा सामाजिक सञ्जालमार्फत चरित्र हत्या र घृणा फैलाएको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरिएको थियो।

साइबर अपराधबाट सफाई पाएको भए पनि उनी तिनकुने विध्वंसात्मक घटनामा संलग्न भएको आरोपमा अझै थुनामै रहने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *