पथरी शनिश्चरे नगरप्रमुख तुम्वापोद्वारा सहिद रत्न -कृषि कालोपत्रे सडक उद्घाटन

 छविराज ढकाल 
पथरी शनिश्चरे, साउन ०१,२०८२
मोरङको पथरी शनिश्चरे ०२ को शहिद रत्नकुमार बान्तवा – कृषि दोस मार्गको उद्घाटन गरिएको छ।
आज बिहान पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले रिबन काटेर उक्त मार्ग अन्तर्गत सिर्जना चोकमा सो कालोपत्रे सडकको उद्घाटन गर्नुभएको हो ।
उहाँले विगत तीन वर्षदेखि निरन्तर सो शहिद रत्न कुमार -कृषि सडक खण्डमा संघीय सरकारबाट क्रमागत बजेट र पथरी शनिश्चरे नगरपालिकाको बजेट समेत गरी लागत साझेदारीमा उक्त शहिद रत्न मार्ग अन्तर्गत बहुमुखी क्याम्पस, बुद्ध चोक हुँदै बोक्रे चोक – कालापानी सम्मको साढे ३ किलोमिटर सडकमा कालेपत्रे गर्न सफल भएको बताउनुभयो। नगरका अन्य वडाहरूमा पनि बहुवर्षीय योजनाहरू पनि सञ्चालनमा रहेको चर्चा गर्दै निर्मित सडकहरूको दिगो संरक्षणको लागि नागरिकको पनि महत्वपूर्ण सहयोग र भूमिका रहने उल्लेख गर्नुभयो।
आर्थिक वर्ष २०८१/०८२ मा मात्रै वडा नं २ को सहिद रत्न मार्गको सुन्दर बस्तीदेखि बोक्रे चोक – कालापानी सम्म जोड्ने करिव २ किलोमिटर सडकमा कालोपत्रे गरिएको छ।
उक्त कार्यका लागि विराटनगरको जोशिला रनकालिमाता जेभी निमार्ण कम्पनीले कुल १ करोड ८२ लाख ५३ हजार १५० रुपैयाँमा (भ्याटसहित) सम्झौता गरी काम सम्पन्न गरेको नगरपालिकाका प्रमुख इन्जिनियर हसरत अली नेपालले जानकारी दिनुभयो।
सोहि समयमा वडा नं २ का वडा अध्यक्ष नैना राईले गत आर्थिक वर्षमा वडाभित्र विभिन्न विकास आयोजना तथा कार्यक्रमहरुको सञ्चालन गरिएको उल्लेख गर्नुभएको थियो।
उक्त अवसरमा नगरपालिकाका प्रवक्ता तथा वडाध्यक्ष नवीन कार्की,, नगरपालिकाको पूर्वाधार प्रमुख ईन्जिनियर हसरत अली नेपाल तथा सहायक इन्जिनियर सन्तोष केसी , वडा सदस्यहरू क्रमशः चन्द्रकुमार राई र सीता भुसाल, पूर्व वडाध्यक्ष याम गुरागाईं , चौतारी सामुदायिक वनका पदाधिकारी, स्थानीय भद्र भलादमी , समाजसेवी तथा सर्वसाधारणहरूको पनि उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *