प्रथम पथरी शनिश्चरे गोल्डकप २०८१ यही असोज ५ देखि १२ गतेसम्म सञ्चालन हुने

पथरीशनिश्चरे समाचारदाता,असाेज-१ गते
खेल संयोजक जितन राईका अनुसार माेरङ्गकाे पथरी शनिश्चरे–१, जाँते मोडमा रहेको प्रस्तावित रंगशालामा खेल संचालन गरिने असोज १२ गतेसम्म प्रतियोगिता हुने जानकारी पत्रकार सम्मेलनमा गराएकाे छ।
‘ए’ डिभिजनका राष्ट्रिय फुटवल टिम संकटा फुटबल क्लब काठमाडौँ, , ब्रिगेड ब्वाइज क्लब काठमाडौँ, सलहेश यूवा क्लब सिरहा, यूकेएफसी भारत, धरान सिटी फुटबल क्लब सुनसरी, पाँचथर क्लब फिदिम, झापा ११ फुटबल क्लब र आयोजक इन्ट्रा पथरी- ११ फुटबल क्लब मोरङ गरी जम्मा ८ वटा टिमले प्रतियोगितामा भाग लिँने भएका छन्।
प्रतियोगिताको मुख्य सहयोगीको रूपमा पथरी शनिश्चरे नगरपालिका र ईन्ट्रा इन्टरनेसनल फाउण्डेशन अफ अमेरिका भएको जनाउँदै आयोजक समितिका अध्यक्ष सुमन विकले प्रतियोगिताको प्रथम र दोस्रो स्थान हासिल गर्ने टिमलाई क्रमश ३ लाख र दुई लाख रुपैयाँ, मेडल, ट्रफी प्रदान गरिने जनाउनु भयो।
प्रथम पुरस्कार हाल अमेरिकमा बस्दै आएका सिजर एण्ड सिस्टर नेपाल प्रतिनिधिसँग संझौता यस अघि संझौता भएको थियो भने दोश्रो, तथा अन्य विधागत पुरस्कार प्रदान गरिनेछ।जसमा हरेक दिन हुने खेलमा म्यान अफ दि म्याच घोषित खेलाडीलाई जनही ५ हजार रूपैयाँ, मेडल र ट्रफीले पुरस्कृत गरिनेछ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई पनि जनही नगद १० हजार सहित मेडल र ट्रफीले पुरस्कृत गरिने अध्यक्ष विकले बताउनु भएको हाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *