मुखभित्र ब्राउन सुगर एक युवक सशस्त्र प्रहरीको फन्दामा

देवराज यादव। भन्टाबारी भारतबाट नेपालतर्फ अवैध रूपमा ब्राउन सुगर भित्र्याउने प्रयासमा धनकुटाका ३२ वर्षीय सरन राई सशस्त्र प्रहरीको फन्दामा परेका छ।

कोशी गाउँपालिका-१, मेहता टोलबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरी अन्तर्गत बीओपी लौकहीबाट सशस्त्र प्रहरी नारायण गौतमका कमांडमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। गौतमका अनुसार शंका लागेपछि गरिएको शरीर जाँचका क्रममा राईले मुखभित्र लुकाएर २.५ ग्राम ब्राउन सुगर ल्याएको खुल्न आएको छ ।

सशस्त्र प्रहरीले सरन राईलाई लागूऔषध मुद्दामा कारबाहीका लागि प्रक्रिया अघि बढाएको छ। यो घटनाले सीमावर्ती क्षेत्रमा लागूऔषध ओसारपसार रोक्न कडाइ गरेको छ। सशस्त्र प्रहरीका अनुसार सीमावर्ती क्षेत्रमा यस्ता घटनाहरू निरन्तर भइरहेकाले नियमित निगरानी र कारबाही आवश्यक रहेको बताउनुभयो सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रहरूमा हुने गैरकानूनी व्यापार र गतिविधि नियन्त्रण गर्न नियमित रूपमा गस्ती र अनुगमन अभियान सञ्चालन गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *