झापा र पाँचथरमा छुट्टाछुट्टै दुर्घटना : बालकसहित तीन जनाको मृत्यु
विराटनगर । झापा र पाँचथरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एक बालकसहित तीन जनाको मृत्यु भएको छ । झापामा स्कुल बसले किच्दा चार वर्षीय बालकको ज्यान गएको छ भने पाँचथरमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । साथै, झापामै ट्र्याक्टरबाट बालुवा अनलोड गर्ने क्रममा घाइते भएका एक मजदुरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
