राजाजीको विद्यार्थीलाई ट्राफिक नियम सिकाउँदै प्रहरी
राजाजीको विद्यार्थीलाई ट्राफिक नियम सिकाउँदै प्रहरी
चन्दन रौनियार
दुहबी /सुनसरीको गढि गाउँ पालिका वडा न.३ स्थित छिटाहा सरस्वती चौकमा रहेको राजाजी ईंग्लिश बोडिङ स्कुलमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।कक्षा ४देखी ७ सम्मका विद्यार्थीहरूका लागि यस्तो कार्यक्रम आयोजना गरिएको संचालक प्रिन्सिपल राजाराम महेताले जानकारी दिए । उनका अनुसार कार्यक्रममा विद्यार्थीलाई ट्राफिक नियम, ट्राफिक चिहन, सडक दुर्घटनाको जोखिम, कारण, न्यूनीकरणका उपायहरू, दण्ड सजाय तथा ट्राफिकसँग सम्बन्धित अन्य विविध विषयहरूमा आवश्यक जानकारी प्रदान गरिएको थियो । ट्राफिक प्रहरी दुहबी पोस्ट कार्यालयको सहकार्यमा कार्यक्रम भएको महेताले जानकारी दिए ।निजी तथा सरकारी स्कुलमा गएर ट्राफिक नियम सम्बन्धि तालिम दिन थालेको हो ।
ट्राफिक नियम सम्बन्धि जानकारी दिन र सबैले ट्राफिक सम्बन्धि जानकारी पाउन भन्ने उदेश्यले आफुहरुले उक्त तालिम दिदै आएको ट्राफिक प्रहरी कार्यालय दुहबीका साहेक हवलदार युवराज खड्काले बताए। उहाँका अनुसार “यातयातका साधन दिनहुँ थपिदैछन्,ट्राफिक नियम सम्बन्धि सबैलाई जानकारी नभएकाले हामीले सबै ठाउमा तालिम दिन थालेका छौँ ।”दुहबीका सामुदायिक बिधालय र निजि बिधालयहरुमा सरस्वती मावी दुहबी ,पंचायत अधारभुत बिधालय दुहबी महेन्द्र मेमोरियल एकडेमी राजाजी ईग्लिश बोडिङ लगायतका बिद्यालयमा तालिम दिदै आएको छ । ट्राफिकहरुले बिद्यालयमा रहेका बिद्यार्थीहरु मार्फत जनचेतना तालिम दिनलागेको बताउछन ।दुहबी ट्राफिक पोस्टका साहेक हवलदार युवराज खड्काले विषयहरूमा विशेष प्रस्तुतीकरण तथा श्रव्यदृश्य सामग्रीहरू प्रस्तुत गरेका थिए ।
विद्यार्थीलाई दिइएको यस्तो सचेतनाले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका सहयोग पुग्ने साहेक हवलदार खड्काले बताए । ‘करिब ६० प्रतिशत सवारी दुर्घटना मानवीय कारणले हुन्छन्, उनले भने, यसलाई हामी आफैंले न्यूनीकरण गर्न सक्छौं ।भने मा जोर दिए ।
