साहरा नेपाल साकोस खनार सेवा केन्द्रको २८ औं एकाइ साधारण सभा सम्पन्न

सुन्दरहरैंचा/ पुस २१ गते

साहरा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एकाइगत खनार सेवा केन्द्रको २८ औं साधारण सभा सम्पन्न भएको छ। आइतवार सुनसरीकाे इटहरी उपमहानगरपालिका वडा नं- १२ को नेपाल रेडक्रस सोसाइटी सुनसरी उपशाखाको भवनमा आयोजित कार्यक्रममा उक्त सभा सम्पन्न भएको हो।

सो वडाका अध्यक्ष भुवन राज पोख्रेलले २८ औं ईकाईगत साधारण सभा उद्घाटन गर्नुहुदै सो सभामा सेवा केन्द्रले बितिय क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै ऋणीले ऋण नतिर्दा र कतिपय सहकारी संचालकको बदमासीका कारण सहकारीमा बेथिति ल्याएको बताउनुभयो। सहकारीको ठगि घटना बढ्न नदिन स्थानीय सकारले ती सहकारीको अनुगमन , निगरानी र नियन्त्रणमा प्रभावकारी भुमिका खेल्ने बताउनु भयो।

संस्थाको इकाइगत साधरण सभा पुस -२१ देखि २१ गतेसम्म सञ्चालन भइरहेको छ। इकाइ साधारणसभा सुझाव संकलन पुस २२ गते सम्ममा पठाइसक्नु पर्नेछ।

खनार सेवा केन्द्रका प्रमुख उमेश चौधरीलेआर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आर्थिक वर्ष – २०८०/ २०८१ को शेयर पुँजी १ अर्ब ६७ करोड, जगडा कोष १ अर्ब २६ करोड, कर्जा तथा सापटी १० अर्ब ९३ करोड, बचत १२ लाख ७५ करोड, कर पछिको नाफा ८ करोड ५२ लाख, आय १ अर्ब९१ करोड र र खर्चतर्फ १ अर्ब ८० करोड रहेको बताउनुभयो।

साथै शेयर लाभांस र संरक्षित पुँजी कोष वितरण, ब्याजमा सहुलियत, सामाजिक सुरक्षा योजना, सदस्य संरक्षण योजना, आश्रय कार्यक्रम, परिवार राहत कार्यक्रम, स्वास्थ्य सेवा योजना अन्तर्गत विपन्नलाई स्वास्थ्य बीमा, घरदैलो स्वास्थ सेवा, सञ्जवनी कार्यक्रम, सिनियर सिटीजन हेल्थ केयर, वेलसन्टर स्थापना सुत्केरी पोषण कार्यक्रम, दशकर्म तथा वार्षिकी सुविधा, जेष्ठ नागरिक चौतारी निर्माण, मेडिकल एजुकेशन सपोर्ट, जीवन वरदान कार्यक्रम अन्तर्गत सदस्यहरुलाई स्वास्थ्य सुविधा, सर्पदंश सेवा केन्द्र सञ्चालन निरन्तरता लगायतका कार्यक्रमहरू सञ्चालन गर्ने संस्थाको नीति कार्यक्रम तथा वजेटमा रहेको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

सो कार्यक्रमको संचालन बलिया सेवा केन्द्र अन्तर्गत अमर लिम्बुले गर्नुभयो भने अजय गच्छदारले स्वागत मनत्ब्य व्यक्त गर्नुभयो।

केन्द्रीय कार्यलयबाट ऋण उपसमिति सदस्य तारा खतिबडा (भटराई) ले अध्यक्षको वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभयो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *