नेकपा एमाले सुन्दरहरैंचाको दोस्रो नगर अधिवेशन सम्पन्न, ढकाल नेतृत्वमा नयाँ समिति चयन

नेकपा एमाले सुन्दरहरैंचाको दोस्रो नगर अधिवेशन सम्पन्न, ढकाल नेतृत्वमा नयाँ समिति चयन

सुन्दरहरैंचा — नेकपा एमाले सुन्दरहरैंचाको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ। कुल २८८ मतदातामध्ये २८६ मत खसेको अधिवेशनले नयाँ नगर नेतृत्व चयन गरेको हो।

नगर अध्यक्ष पदमा डिल्लीप्रसाद ढकाल १५७ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिस्पर्धी हेमराज सुवेदीले ११५ मत प्राप्त गरे। उपाध्यक्षमा दुर्गा भट्टराईले १६४ मतसहित जित हासिल गरिन् भने उनकी प्रतिस्पर्धी अम्बिका दाहाल (निरौला) ले १०० मत प्राप्त गरिन्।

सचिव पदमा दावा लामा विजयी भए। उनले १४९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी विशाल गुरगाईंले १२१ मत पाए।

उपसचिव पदमा दुई जना निर्वाचित गरिएका छन्। खगेन्द्र लिम्बु १६५ मतसहित पहिलो र राजेन्द्र धमला १२६ मतसहित दोस्रो स्थानमा रहँदै विजयी बने। अन्य प्रतिस्पर्धी युवराज पौडेलले ११४ मत र सोभितमान पौडेलले १०५ मत प्राप्त गरेका थिए।

अधिवेशन सफलतापूर्वक सम्पन्न भएसँगै एमाले सुन्दरहरैंचाले नयाँ नेतृत्वको मार्गदर्शनमा संगठन सुदृढ गर्दै अगाडि बढ्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *