सिर्जना सामुदायिक वन उपभोक्ता समुहको १४ औं बार्षिक साधरण सभा सम्पन्न

मोरंगको सुन्दरहरैंचा नगरपालिका वडा -७ मा अवस्थित सिर्जना सामुदायिक वन उपभोक्ता समुहको १४ औं बार्षिक साधरण सभा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष लेखनाथ प्रसाईंको अध्यक्षतामा साधारणसभा सम्पन्न भएकाे हो ।

सो साधारण सभामा अध्यक्ष प्रसाईंले समूहको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने लेखा समिति संयोजक डण्ड बहादुर खड्काले आर्थिक वर्ष २०८०-०८१ को लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । लेखा समितिले समूहको आन्तरिक हिसाब हरेक महिनामा चुस्त र दुरुस्त राखे व्यवस्था मिलाउनुपर्ने, समूहको नाममा पान नम्बर लिन कर कार्यालयमा दर्ता गर्नका लागि केही सहज अवस्था र अवसर रहेको हुँदा यथाशीघ्र पान. लिने प्रबन्ध मिलाउनुपर्ने, विगतमा समूहले दिएको उधारो तथा पेस्की रकम असुलीका लागि ठोस कदम चाल्न सुझाव पेश गरेका छन ।

एक ब्यक्तिको नभइ बन सबैको साझा सम्पत्ति भन्ने भावना सबैमा हुनुपर्छ भन्दै बन हराभरा बनाउनुपर्छ र संरक्षण गर्नुपर्छ भन्ने सबैको दायित्व हो।
सो अवसरमा वडा अध्यक्ष भवनसिंह आले मगर, सिर्जना सामुदायिक वन उपभोक्ता समुह पुर्व अध्यक्ष भक्ति सिटौला, सलकपुर सव- डिभिजन वन कार्यालय, सशत्र वन सुरक्षा शाखा लगायतको प्रतिनिधिको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *