पूर्वाञ्चल विश्वविद्यालयको ३१ औं बार्षिकत्सव समारोह सम्पन्न

एलएन गच्छदार / सुन्दरहरैंचा 

पूर्वाञ्चल विश्वविद्यालयको ३१ औं बार्षिकत्सव  समारोह सम्पन्न भएको छ। मोरंग जिल्लाको सुन्दरहरैंचा नगरपालिका गोठगाउँ केन्द्रीय कार्यालय रहेको पूर्वाञ्चल विश्वविद्यालय उपकुलपति बिजु कुमार थपलियाको अध्यक्षतामा सम्पन्न भएको हो।

सो अवसरमा उपकुलपति थपलियाले समाजका सबै वर्ग र समुदायले सहज र सुलभ रुपमा उच्च शिक्षा प्राप्त गरी आफ्नो प्रतिभा र सिर्जना राष्ट्र र समाजको लागि उपयोग गर्नसक्ने वातावरण निर्माणको राष्ट्रिय दायित्व रहेको जानकारी गराउनुभयो ।
३१ औं बार्षिक उत्सव समारोहमा उत्कृष्ट शिक्षक, उत्कृष्ट कर्मचारी, उत्कृष्ट श्रेणी बिहिन कर्मचारीलाई  सो अवसरममा सम्मान गरेको छ भने पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धन प्राप्त  काठमाडौँमा रहेको नमुना कलेज अफ फेसन टेक्नोलोजीलाई उत्कृष्ट कलेजको रुपमा सम्मान गरेको छ। त्यसै गरी सो अवसरमा पूर्वाञ्चल विश्वविद्यालयलाई २० बर्ष भन्दा बढी योगदान पुर्याउनुहुने शिक्षक, कर्मचारीलाई दिर्घ पदकबाट सम्मान गरेको छ। सो अवसरमा पूर्वाञ्चल विश्वविद्यालयले संचालन गरेको सप्ताहव्यापी बिभिन्न खेलकुद विधामा सहभागी भएर उत्कृष्ट हुनेलाईलाई पुरस्कृत समेत गरेको थियो।

 

उत्साजनक उपस्थिति रहेको सो अवसरमा पूर्वाञ्चल विश्वविद्यालयले  उच्चशिक्षालाई विश्व परिवेशमा  अनुकूल बनाउँदै अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय जनशक्ति उत्पादनले नेपालको  परिचय बनाएको उपकुलपति थपलियाले बताउनुभयो। समुहमा मिलेर बिबिध कार्यक्रम गरी ३१ औं बार्षिकत्सव  समारोह मनाउदै   उहाँले मेडिकल शिक्षण अस्पतालको बिषयमा ३ सय बेडको थपेर गुणस्तरीय सेवा थप्ने बताउनुभयो। भवन निर्माण, पूर्वाधार र प्रविधिको पाटोमा ठेक्का प्रक्रियामा गएको बताउनुहुदै आगामी बर्ष सम्ममा थप सेवा पुर्याउने चाडैं नै एमबिबिएसको पठनपाठन हुने बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *