तुलसा टोल विकास संस्थाको ९ औं वार्षिक साधारणसभा तथा भवन र प्रवेशद्धार उदघाटन

एलएन गच्छदार

इटहरी उपमहानगरपालिका वडा -५ मा रहेको तुलसा टोल विकास संस्थाको ९ औं वार्षिक साधारणसभा तथा भवन र प्रवेशद्धार गेटको उदघाटन कार्यक्रम सम्पन्न भएको छ ।

सो अवसरमा इटहरी उपमहानगरपालिका वडा -५ मा रहेको आफ्नै टोल बिकासको आफ्नै भवन उदघाटन तथा प्रवेशद्धार गेटको सहित कार्यक्रमको उदघाटन नगर उपप्रमुख संगिता चौधरीले गर्नुभयो। नगर उपप्रमुख चौधरीले वडाको विकासको लागि टोल विकास संस्थाहरु क्रियाशील भएर लाग्नुपर्ने र टोलका समस्या समाधानमा हरपल साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

तुलसा टोलमा स्थायी बसोवास गर्दै आउनु भएका शारदाप्रसाद अधिकारी, पत्नी मेनुकादेवी अधिकारी र छोरी लक्ष्मी अधिकारी (दाहाल) द्वारा स्व. मातापिता नारदप्रसाद/तुलसादेवी अधिकारीका स्मृतिमा तुलसा टोल विकास संस्थालाई २०८० भदौ २६ गते कि.नं. १३२८ को ०-०-६.५ (साढे छ धुर) क्षेत्रफल भएको जग्गा प्रदान गर्नुभएकोमा थियो।

त्यसै गरी इटहरी-५ तुलसाटोल निवासी दुर्गा देवी अधिकारीले स्व. नारद प्र. अधिकारी, स्व. तुलसा देवी अधिकारी र वहाँका छोराहरु स्व. गोविन्द प्र. अधिकारी, स्व. दुर्गा प्र. अधिकारी, स्व. कुमार प्र. अधिकारीको पुण्य स्मृतिमा टोल बिकासको प्रवेशद्वार निर्माण गरि तुलसा टोल विकास संस्थालाई हस्तान्तरण गरियो ।

सो अवसरमा वडा अध्यक्ष भिष्म कुमार घिमिरेले टोल विकासको बाटो नम्बरीङ् गर्दा स्थानीय सरकारलाई बिकास गर्न सहजिकरण गरेको प्रति टोल विकासको कार्यलाई प्रशंसा गर्नु भयो।अगामी दिनमा यस टोलको बिकासका लागि बजेट व्यवस्थापन गर्न इटहरी वडा ५ नम्बर सरकार प्रतिवद्ध रहेको वडा अध्यक्ष घिमिरेले बताउनुभयो ।

संस्थाका अध्यक्ष तुलसी प्रसाद भट्टराईको अध्यक्षता संचालन भएको सो कार्यक्रममा समाजमा उल्लेखनीय योगदान पुर्याउनुहुने, जेष्ठ नागरिक लगायत भवन निर्माणमा सहयोग गर्नुहुनेलाई सम्मान समेत गरिएको थियो। संस्थाका सचिव श्याम भट्टराईले सो संस्थाको गतिबिधि बारे जानकारी दिदैं कार्यक्रम संचालन गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *