जितिया पर्वमा बढदै गईरहेकाे विकृति

एम.के चौधरी

जितिया पर्वमा बढदै गईरहेकाे विकृति

जितिया परापुर्वकाल देखि चलि आएकाे जिबन्त संस्मृति हाे।जितिया पर्व नेपालकाे थारु महिला लगायत मधेशी,मैथली समुदायहरुले श्रध्दा भक्ति गरि मनाईन्छ।सन्तान धर्म अनुसार पाैराणिक काल रामायण,महाभारत देखि मनाउदै आएकाे छ।यस्काे बिशेषता र महत्व जितिया पर्व जिबित पुत्रिकाकाे निम्ति भगवान जित महानकाे व्रत गर्छ।बिवाहित स्त्रिले सन्तान प्राप्ति निम्ति र आफ्नाे जिबित कालमा कुनै अप्रिय घटना नहाेस,सुख शान्ति दिर्धायुकाे निम्ति कामना गर्छ।जितिया सतमी तिथि देखि शुरुभई नबि तिथिमा व्रत समाप्त हुन्छ।जितिया सांस्कृतिक पर्वकाे रुपमा मनाउदै आएकाे देखिन्छ।

संघियतामा थारु समुदायले याे पर्व बिशेष सांस्कृतिक पहिचानकाे रुपमा गाउबाट शहरी करण गरेकाे देखिन्छ।याे सांस्कृतिक पर्व चेली बेटी बिवाह भए पछि आफ्नाे घरमा मात्र केनद्रित हुन्थे।त्यति बेला माईति आफ्ना चेलीबेटि लिन उनीहरुका घरमा जान्थे।माईतिले लिन नआए उनीहरु ज्यादै दु: खी हुन्थे।जितियाकाे समयमा चेलीबेटिहरु आफ्ना दाजुभाईलाइ पर्खि रहेका हुन्थे।चेलीलबेटीहरु जब माईत आउथे ,गाउँ घरका सबै चेलीबेटी भेला भएर सुख द: ख साटासाट गर्ने गर्थे।याे पर्वले सांस्कृतिक रितिरिवाज परम्परा एवम गीत संगीत अनि भेषभुषालाई संरक्षण र सवद्र्धन गरदै आएकाे छ।

तर आज समय परिवर्तनशिल र गतिशिल समाजमा दिन प्रति दिन चुनाैति बढदै गई रहेकाे छ।समयकाे गति संगै भएका सकारात्मक एवम सृजनशिल परिवर्तनले समाजमा, सभ्यतालाई बदनाम गर्दै बिनाशकाे बिन्दुसम्म पुरयाएका छन।माईति घरमा व्रत पुजा नदि,तलाउ,पाेखरी अनि मन्दिरमा श्रध्दा भक्तिकाे साथ सुन्ने, नृत्य,भजन गरने पर्व आज शहर बजार,सामाजिक संजालमा ब्यापक्ता लिएकाे छ।

याे पर्व हाल ठूल ठूला हाेटेल,पाटिप्यालेस हजाैरा‌ जना जमघटमा हप्ता दिन अगाडीओढघन( दर) खुवाइन्छ,आकर्षण बिज्ञापन मुल आयाेजक,एकीकृत जितिया,समितिकाे फाेटाे सामाजिकसंजालमा हरेक क्रियाकलापकाे तस्बिर राख्ने उपभाेक्ता बादी संस्कार तिर धकेलि रहेछ।हिजाे पाैराणिक गीत गाईने जितियाका भाका आज आधुनिक गीत संगीतमा नाच्ने डान्स गर्ने,अभिनय गर्ने, मनाेरन्जन गर्ने,मनाउने गर्छ।

यस्ताे माैलाएकाे व्यवहार बिकृति,कुसंस्कार भित्रिदा बिहान बेलुका छाक टार्न नसक्ने समाजमा कसरी जितिया मान्ने।याे आधुनिकताकाे स्व्चछन्द गतिले कुन उचाई छुने हाे? सस्ताे लाेकप्रियताले हाम्राे संस्कार,संस्कृति एवम परम्परालाई पटक्कै फाईदा पुग्ने छैन।जिबन्त समाज र सभ्यताका बिनाशका कारक बन्न सक्ने यस्ता गलत कृयाकलाप राेक्न सम्बन्धित सं संस्थाकाे ध्यान जान जरुरी देखिन्छ।

जितिया पर्वलाई उताउलाे,भडकिलाे संस्कृति बिरुध्दमा समाज रुपान्तरणकाे दिशामा मनाउन सक्याै भने जितिया पर्व प्रति न्याय हुन्छ। जय जितमहान भगवान

Leave a Reply

Your email address will not be published. Required fields are marked *