प्याबसन केन्द्रिय अधिवेशनमा कोशी प्रदेश भौगोलिक उपाध्यक्षका लागि टिकाराम ढकालको उम्मेदवारी घोषणा
एलएन गच्छदार
सुन्दरहरैंचा नगरपालिका-८ मा रहेको ब्राइट फ्युचर सेकेण्डरी स्कुलका संस्थापक प्रिन्सिपल टिकाराम ढकालले प्याबसन केन्द्रिय अधिवेशनमा कोशी प्रदेश भौगोलिक उपाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय ढकालले निजी विद्यालयहरूको गुणस्तर अभिवृद्धि, शैक्षिक नीति सुधार तथा संस्थागत विद्यालयहरूको हकहितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले शिक्षाको आधुनिकीकरण, प्रविधिमैत्री शिक्षा प्रणालीको प्रवर्द्धन तथा शिक्षासँग जोडिएका नीतिगत सुधारहरूमा जोड दिने लक्ष्य राखेको बताएका छन्।
ढकालको उम्मेदवारी घोषणासँगै कोशी प्रदेशका शैक्षिक संस्थाहरूमा उत्साह देखिएको छ। उनका समर्थकहरूले व्यवस्थित, समावेशी र नवीन शैक्षिक सुधारको अभियानलाई अघि बढाउने योग्य उम्मेदवारको रूपमा उनलाई समर्थन जनाइरहेका छन्।
