फाईनल खेलमा खनार सनसाईन ३-१ ले बिजेता, बालआदर्श उपबिजेता
स्वास्थ्यकालागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने नाराका साथ अन्तर बोर्डिङ्ग स्तरिय फुटबल प्रतियोगिता सम्पन्न भएको छ। सुनसरीको इटहरी-१० मा भएको डुमरटोका फुटबल क्लबको आयोजना खनार सनसाईन र बाल आदर्श बिच भएको फाईनल खेलमा खनार सनसाईन ३-१ ले बिजेता भएको छ भने बालआदर्श उपबिजेता भएको छ ।
विजेता सनसाइनले ३० हजार रुपैयाँ नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, उपविजेताले दोस्रो पुरस्कार स्वरुप २० हजार रुपैया, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगितामा बेष्ट गोल किपरको उपाधि रिसब चौधरी , म्यान अफ द सिरिज आकाश सरदार, राइजिङ्ग प्लेयरमा साइमन चौधरीलाई र
फाइनल खेलको म्यान अफ द म्याच सुमन चौधरीलाई नगद,मेडल प्रमाणपत्र वितरण गरिएको थियो ।
जेडी एडभरटाईजिङका प्रबन्ध निर्देशक जेनिस दाहाल, एमाले इटहरी नगर अध्यक्ष रुपेश बस्नेत, सो वडाका अध्यक्ष अबदेश चौधरीले संयुक्त रुपमा पुरस्कार बितरण गरेका थिए।
सो खेलमा जेडी एडभरटाईजिङ्ले सह आयोजकको भूमिका निर्वाह गरेको थियो भने सो प्रतियोगितामा १२ वटा निजि बिधालय सहभागी भएको थियो । हिप-हप नेपाल सोसाईटी, शान्ती नगर युवा क्लव, नेपाल सुनचाँदी कालीगड संघ, इटहरी सहयोग गरेको थियो ।





