कौशीखेती प्रवर्द्धनका लागि सुन्दरहरैंचा कौशी तालिम सुरु
मोरंगको सुन्दरहरैंचा नगरपालिका वडा ४ मा कौशी खेति तालिम सुरु भएको छ। वातावरण संरक्षण तथा सामाजिक रुपान्तरण समाजको आयोजना तथा वडा नं ४ कार्यालयको सहयोगमा बिहिबार देखि शुक्रबार सम्म तालिम २ दिन चल्नेछ।
कौशी, बरण्डा तथा छतमा खेती गर्न उत्प्रेरित गर्दै सो वडाका स्थानीय बासिन्दालाई दुई दिने कौशी खेती तथा करेसाबारीसम्बन्धी तालिम संचालन गरेको हो। उक्त कार्यक्रमको उदघाटन सत्रमा बोल्दै सो वडाका अध्यक्ष कैलाश बस्नेतले तीव्र शहरीकरणका कारण कृषियोग्य जमिन मासिँदै गएकाे अवस्थामा आफ्नो घरमा उत्पादन गरिएका ताजा तरकारी आफैँले उपभोग गर्न स्थानीयलाई प्रोत्साहनस्वरूप कौशी खेती र करेसाबारीसम्बन्धी तालिमको व्यवस्था गरिएको बताए ।
सो तालिम कार्यक्रममा बोल्दै वडाका सचिब अनिल पोख्रेलले आफ्नो घरमा समेत कौशीखेति गरेको उदहारण प्रस्तुत गर्दै सञ्चालित तालिमले सानो एकाइमा कौशीमा तरकारी उत्पादन गरिरहेका स्थानीयले ताजा तरकारी खान पाउनुका साथै हरित शहर निर्माणमा समेत टेवा पुग्ने बताए।
आयोजक संस्थाका अध्यक्ष होमनाथ पोख्रेलले कृषकलाई हरेक छाक हरियो तरकारी भन्ने लक्ष्य अनुसार कृषकलाई प्रोत्सान गर्न र घरमै उत्पादन भएको फोहोरको ब्यवस्थापन घरमै गरि प्राङ्गारिक मल बनाएर घरकै करेसाबारिबाट परिवारमा हुने आर्थिक लाभ र बाताबरण संरक्षकमा पुग्न जाने टेवालाइ बिशेष ध्यानमा राखी उक्त तलिम सन्चालन गरिएको बताए ।
३० जना सहभागी भएको उक्त कार्यक्रममा वडा सदस्य गणेश गुरागाई, कार्यपालिका सदस्य दुर्गा पोख्रेल लगायतले मन्तव्य ब्यक्त गर्नुभएको गरेका थिए भने बिभिन्न राजनीतिकर्मी, समाजसेवी, पत्रकारको समेत उपस्थिति रहेको थियो । उक्त तालिममा नगरपालिका कृषि शाखा प्रमुख सुदिप भण्डारीले प्रशिक्षक गर्दैछन ।
