बार्षिक उत्सव तथा अभिभावक दिवसमा बालप्रतिभाले सरसफाइकर्मीलाई सम्मान गर्ने
एलएन गच्छदार
मोरंगको सुन्दरहरैंचा नगरपालिका वडा १० मा रहेको बालप्रतिभा अंग्रेजी माध्यमिक बिधालयले सुन्दरहरैंचा नगरपालिकामा अहोरात्र फोहर संकलन गर्ने सरसफाइकर्मीलाई सम्मान गर्ने भएको छ। २८ औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा बिधालयले सरसफाइकर्मीलाई सम्मान गर्न लागिएको हो।
संबेदनशील क्षेत्रमा काम गर्दै फोहर संकल गरी स्वच्छ र सफा बनाउन नगरमै महत्वपूर्ण भूमिका खेले पनि कसैको ध्यान जान नसकेको र समाजले हेर्ने दृष्टिकोण फरक रहेकोले समाजमा सरसफाइकर्मीको योगदान कसैले बुझ्न सकेको छैन। त्यसकारण उनीहरुको मनोबल उच्च राख्न र समाजले हेर्ने दृष्टिकोण परिवर्तन गर्न र उनीहरुले समाज प्रति गरेको योगदानको कदर गर्दै सम्मान गर्न लागिएको बिधालय संस्थापक प्राचार्य गणेश दाहालले बताए। उक्त अवसरमा संवेदशील क्षेत्रमा काम गर्ने नगरपालिकामा कार्यरत शवबहान र एम्बुलेन्स चालकलाई समेत सम्मान गर्ने भएको छ।

साथै कार्यक्रम बिधालय परिसर भित्र फागुन २६ र २७ गते हुदैछ भने राष्ट्रिय कलाकार रामकृष्ण ढकाल र श्री कृष्ण लुइँटेलको मुख्य प्रस्तुति रहने छ।
गत बर्ष उतिर्ण उत्कृष्ट बिद्यार्थीलाई पुरस्कार बितरण तथा बिभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई सम्मान समेत गरिने भएको छ। मिस्टर एण्ड मिस बालप्रतिभा – २०७९, बालप्रतिभा डान्स आइडल २०७९, अविभावकको खेल प्रदर्शनी, सामुहिक गायन प्रस्तुति तथा शिक्षकहरु बेजोड प्रस्तुति रहने प्राचार्य दाहालले बताए।
दाहालले पढाइमा मात्र होइन अतिरिक्त कृयाकलापमा समेत उतिकै उत्कृष्ट रहेको बिधालयले अभिभावक र समाजको मन जित्न सफल भएको भन्दै
सुरुका दिनमा टिनको छानाबाट युकेजी सम्म संचालन गरेको र हाल कक्षा १२ सम्म पठपाठन भएको बताए। ३ जना शिक्षक र ३५ जना विद्यार्थीबाट सुरु गरेको बिधालयमा हाल ५५ जना शिक्षक र कर्माचारी छन भने १ हजार भन्दा बढी बिद्यार्थी रहेका छन। दाहाल भने ५ वटा भिन्न बिषयमा स्नातककोतर गरेका व्यक्ति हुन्।




