खानेपानी समस्या टार्न ‘बोरिङ’ को पानीबाट तिर्खा मेटाउदै सुकुम्बासी बस्ती
खानेपानी समस्या टार्न ‘बोरिङ’ को पानीबाट तिर्खा मेटाउदै सुकुम्बासी बस्ती
एलएन गच्छदार / सुन्दरहरैंचा / पौष ६ गते
मोरङको सुन्दरहरैंचा नगरपालिका एउटा सुगम ठाउँ ! यो नगरभित्र पनि खानेपानीको समस्या छ भन्दा अपत्यारिलो लाग्न सक्छ। पानीले दीर्घकालीन समाधान हुन नसकेपछि ‘बोरिङ’ प्रविधिमार्फत स्थानीयले तिर्खा मेटाउदै छन ।
त्यस्तै खानेपानी अभाव रहेको यस नगरपालिकाको वडा ७ र वडा -६ बिच गछिया खोला नजिकै पश्चिमतिर क्रस उधोग नजैकै बस्ती रहेको यो हो चौतारी टोल। यहाँ खानेपनिको समस्याले गर्दा बोरिङ गरी यहाँ पाइप मार्फतबाट घरघर पानी पुर्याएको छ। खानेपानी पर्याप्त नहुदा जेनतेन गरेर १ सय ५० घरमा पाइप तानेर खानेपानी वितरण गरेको छ।
सुकुम्बासी बस्तिका र यहाँ क्रस उधोग नजिकै छ्न।सहयोगीदाताहरुबाट खानेपानी ट्यांकी उपलब्ध गराएर बितरण गर्दै आएको छ। धाराको भर छैन, सिचाईंको लागि मोटर जडान गरेपनी पानी आउदैन स्थानियको तर्क छ। बर्षेनी नजिकै खोलाजन्य पदार्थ उत्खनन् भइरहदा धारा सुक्ने गरेको स्थानीयको भनाइ छ।
वडा अध्यक्ष सन्तोष लिंङ्देनको भनाइ अनुसार त्यतिबेला आफु जनप्रतिनिधिको रुपमा नरहेपनि जनताको समस्याका पटक पटक नगरपालिकामा पहल गरे। तत्कालीन नगरप्रमुख शिव प्रसाद ढकालले डिप बोरिङ्बाट पानी खुवानका लागि ट्याङ्की निर्माण ३ लाख ५० हजार छुट्याएर निर्माण भएको बताए ।नगरले खानेपानी पाइप बिचबाटो सुकुना होली सम्म ल्याएपनी बाढीले पुल भत्केका कारण ल्याउन नसकेको वडा अध्यक्ष लिंङ्देन जानकारी गराउंदै, जडान खर्च महगो हुँदा सुकुम्बासीलाई मार पर्ने बताए ।
अहिले खानेपानी बोरिंगबाट ट्यांकी जडान भएपछी घरपिछे थोरै उठाएर बिधुत महसुल तिर्ने गरेको स्थानीय बताउछन। यो क्षेत्र सुकुम्बासी बस्ती एउटा भोट बैंकरुपमा प्रयोग भएपनी जनताले नगरको अनुभूति अझै पाउन सकेको छैन। सहयोगी मन भएका स्थानीय समाजसेवी मातृका प्रसाद चापागाईं भन्छन- “नेताहरुले आश्वासन मात्र बाढे, आफै र अरु सहयोगी संस्था खोजेर ट्यांकी वितरण गरेका हौँ । ”
सहयोगी मनहरुले सहयोग गरेको सराहनीय प्रशंसा त गर्न सकिन्छ तर दीर्घकालीन समस्या समाधान गर्न सम्बन्धित निकायको ध्यान जान जरुरी छ।