पूर्वको नाशो सूदुर पश्चिमबाट पूर्वलाई फर्काउन डा.सुनिल शर्माको अपिल
पूर्वको नाशो सूदुर पश्चिमबाट पूर्वलाई फर्काउन डा.सुनिल शर्माको अपिल
मुलुकको आमुल परिवर्तनमा डा.शेखर कोइरालाको लगानी रहेको बताउँदै प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले भन्नुभयो -‘पूर्वको कोइराला परिवारबाट ल्याएको नशो सुदुर पश्चिमबाट फेरी पूर्व फर्काउँदै पन्ध्रौ महाधिवेशनबाट डा.कोइरालालाई सभापति बनाउँ ।
नेपाल प्रजातन्त्र सेनानी संघ सुदुरपश्चिमको प्रथम प्रदेश अधिवेशनको उद्घाटन सत्रमा मनतब्य राख्दै शनिबार धनगढीमा डा.शर्माले सम्बोधन गर्नुभएको हो ।
प्रतिनिधि सभा सदस्य डा. शर्माले प्रजातन्त्रका लागि लडेको कोइराला परिवारका महत्वपुर्ण सदस्य डा. कोइरालालाई पन्ध्रौं महाधिवेशनबाट सभापति निर्वाचित गराउनुपर्ने अवस्था आएको बताउनु भएको छ ।
कृष्ण प्रसाद कोइरालाको हजारौं हजार विघा जमिन राणाले खोस्दा पनि उहाँ प्रजातन्त्रका लागि लड्नुभयो ।
धनगढी विमान स्थलमा सूदुर पश्चिमका नेता तथा कार्यकर्तारुले गरेको स्वागतले उत्साहित बनाएको भन्दै डा.शर्माले भन्नुभयो यो जनलहर डा.कोइरालाको पक्षमा बढ्दै जाने बताउनुभयो । सूदुर पश्चिमको यो जनलहरले संस्थापन पक्षमा तरङ्ग थप्ने पनि बताउनुभयो । साथै उहाँले अब अरु ५ प्रदेशहरुमा पनि यस्तै कार्यक्रम लिएर अघि बढ्ने बताउनुभयो ।
विघाह जमिन विराटनगरको चारैतीर विघौं विघाह जमिनका मालिक भएपनि सबै गुमाएका स्व.कृष्णप्रसाद कोइरालाका सन्तति डा.शेखर कोइराला अबको निर्विकल्प काँग्रेसको सभापति हुनुपर्ने डा.शर्माले बताउनुभएको हो ।
प्रजातन्त्रको स्थापनाका लागि लडेको कोइराला परिवार र त्यही परिवारका सदस्य रहेका डा.कोइरालाले काँग्रेसको अबको नेतृत्व सम्हाल्नु पर्ने आवश्यकता आइपरेकोले सूदुर पश्चिमका नेता तथा कार्यकर्ताले डा.कोइरालालाई सभापति बनाउन साथ दिनुपर्ने डा.शर्माले बताउनु भयो
