अन्तर विद्यालय हाजिर जवाफ प्रतियोगितामा साजिलाल माध्यमिक विद्यालय प्रथम
एलएन गच्छदार / सुन्दरहरैंचा
पौष ६ गते, शनिबार
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा – १२ मा रहेको शुक्रवारे यूवा क्लवले विभिन्न समाजिक, खेलकुद क्षेत्रमा काम गर्दै आएको छ।
त्यसै गरि शुक्रवारे यूवा क्लवले आयोजना गरेको दोस्रो अन्तर विद्यालय हाजिर जवाफ प्रतियोगितामा साजिलाल माध्यमिक विद्यालय प्रथम हासिल गरेका छन। दोस्रो हुनेमा ओरिजिन इंग्लिस स्कुल र तेस्रो हुनेमा बाल प्रतिभा सेकेण्डरी स्कुल रहेको क्लबका सचिब तोया पोख्रेलले बताए।
त्यसैगरी सान्त्वनामा सुकुना माध्यमिक विद्यालय रहेको थियो। प्रतियोगितामा प्रथम,द्वितिय, तृतीय तथा सान्त्वना हुने बिद्यालयहरुलाई क्रमश १५ हजार ,११ हजार ,७ हजार र नगद ३ हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय मोरंगका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साहले सो कार्यक्रमको उदघाटन हाजिरी जवाफ प्रश्न सोधेर गरेका थिए । सहायक प्रमुख जिल्ला अधिकारी साहले हाजिरी जवाफ र लोकसेवाको सम्बन्धको बारेमा प्रकाश पार्दै आफु पनि स्कुले जीवनमा यस्ता प्रतियोगितामा भाग लिएर जहिले प्रथम तथा द्धितीय हुदै आज लोकसेवा पास गरेर यो स्थानमा पुगेको बताए। साथै देशको शिक्षा नितिको बारे समेत आफ्ना धारण राख्दै बालबालिकाको रुची अनुसारको शिक्षा हुनु पर्ने बिषयमा जोड दिए।
त्यसै गरि सो अवसरमा नेपाली साहित्य तथा भाषामा उल्लेखनीय योगदान पुर्याउनु हुने मेदनी प्रसाद बराल, समाजसेवी तथा शिक्षाप्रेमी महेन्द्र कुमार इजम लिम्बू , जेष्ठ नागरिक तर्फ कृष्ण बहादुर श्रेष्ठ , देवका देवि उपाध्याय पोख्रेल , समाजिक गतिविधिमा सकृय भुमिका निर्वाह गर्ने तथा शुक्रबारे युवा क्लबका सल्लाहकार मोहनलाल श्रेष्ठ , पुर्षोतम भट्टराई तथा नि: शुल्क फुटबल प्रशिक्षण गराउनुहुने आइतराज लिम्बु लगायतलाई सम्मान गरेको छ।
प्रश्नोतर संयोजक पुर्शोतम पोखरेलका अनुसार विज्ञान, बिबिध , भुगोल, इतिहास , कला साहित्य , धर्म संस्कृति , समसमायिक खेलकुद, र्यापिड फायर, फोटो पहिचान राउण्ड रहेको थियो।
बाल प्रतिभा, सुकुना मावि, साजिलाल मावि, कबिर मावि, महेन्द्र मावि, सुविजिमुर मावि, काली मावि, इन्द्रपुर नमुना, ओरिजन अंग्रेजी इंग्लिस स्कुल लगायत ९ वटा सामुदायिक तथा संस्थागत बिधालयको सहभागीता रहेको थियो।
विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले हाजिरीजवाफ प्रतियोगिताको आयोजना गर्न लागिएको क्वलका अध्यक्ष जय नारायण चौधरीले बताए। किताबी ज्ञानका अतिरिक्त वाह्य ज्ञान, सीप र क्रियाकलापहरुमा पनि विद्यार्थीहरुलाई सकृय बनाउनु क्वलको मुख्य उदेश्य रहेको अध्यक्ष चौधरीले बताए।
