गरिमा विकास बैंक टंकीसिनुवारी शाखाद्वारा बृहत् वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

वित्तीय साक्षरता आभिवृद्धि गरी वित्तीय प्रणालीलाई सघाउ पुर्याउने उद्देश्यले गरिमा विकास बैंकले समाजका हरेक वर्ग र क्षेत्रमा वित्तीय साक्षरता सञ्चालन गदै आएकोमा  शुक्रबार  शाखा कार्यालय टंकीसिनुवारीले   स्थित नरग्राम माध्यमिक विध्यालयमा अध्यनरत विद्यार्थीहरु बीच वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

सो कार्यक्रममा गरिमा विकास बैंकका क्षेत्रीय कार्यलय इटहरीका क्षेत्रीय प्रमुख दीपेन्द्र पोखरेलले हाल देखिरहेको र भविस्यमा हुन सक्ने वित्तीय समस्याबाट हुन सक्ने जोखिमको लागि विधालयको आधारभूततहबाट नै वित्तीय साक्षरता आवश्यक रहेको कुरा बताउनु भएको हो।

कार्यक्रम गरिमा विकास शाखा कार्यालय टंकीसिनुवारि शाखा प्रमुख सुवास बस्नेतको अध्यक्षता र सहजिकरणमा, गरिमा विकास बैंकका क्षेत्रीय कार्यलय इटहरीका क्षेत्रीय प्रमुख दीपेन्द्र पोखरेलको प्रमुख आतिथ्यता र नर ग्राम माध्यमिक विधालय टंकीसिनुवारिका प्रधानाध्यापक कैलाश के.सी. पौडेलको बिशेष आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन गरिमा विकास बैंकका क्षेत्रीय कार्यलय इटहरीका अधिकृत सुर्य प्रसाद पौडेलले गर्नु भएको थियो। कार्यक्रममा नर ग्राम माध्यमिक विधालयमा अध्यनरत १५० जना विद्यार्थीहरु तथा शिक्षकहरुको सहभागिता रहेको थियो।

बालबालिकाहरुको सुनिश्चित र उज्ज्वल भविष्यको निर्माणको लागि सानै देखि बचतको महत्व र बचत गर्ने बानि बसाल्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।यो कार्यक्रमले आर्थिक सुरक्षा, वित्तीय व्यवस्थापन, बचत र खर्चको सन्तुलन, डिजिटल ज्ञान आदि बारेमा विद्यार्थीहरुले जानकारी लिएको विश्वास गरिमा विकास बैंकले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *