सुकुना माध्यमिक बिद्यालयले ५३ औ बार्षिककोत्सव मनाउदै

बिराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका –१० मा रहेको सुकुना माध्यमिक विद्यालयले ५३ औ बार्षिककोत्सव तथा अभिभावक दिवस भव्य रुपमा मनाउने भएको छ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा बार्षिकत्सव मनाउन लागिएको बिद्यालयका प्रधानाध्यापक हिक्मत बहादुर बस्नेतले जानकारी दिए। प्रधानाध्यापक बस्नेतका अनुसार पुस १ गते सोमबारका दिन  ५३ औ बार्षिककोत्सव तथा अभिभावक दिवस मनाउन लागिएको हो।
सोमबार बिहान ८ बजे देखि १० बजेसम्म रक्तदान कार्यक्रम,११ बजे कार्यक्रम र बिद्यालयको ३ कोठे शैक्षिक भवन उद्घाटन गर्ने कार्यक्रम रहेको बताए। बिद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत अक्षयकोष छात्रवृत्ति वितरण,पुरस्कार वितरण तथा सम्मान कार्यक्रम रहेको जनाएको छ।
बिज्ञान तथा प्रविधि प्रदशनी र अन्य विविध सास्कृतिक कार्यक्रमहरु पनि रहेको बिद्यालयले जनाएको छ। नेपाल सरकारबाट मान्यता प्राप्त नमूना विद्यालयअन्तर्गत पर्ने यस शैक्षिक संस्थामा  कक्षा १२ सम्म पढाइ हुने गरेको छ भने हाल ४  हजार ५ सय जना विद्यार्थी अध्यानरत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *