सुन्दरहरैंचामा आवास निर्माणको कार्य सुरु
सुन्दरहरैंचामा रहेका बिपन्न परिवारका आवास निर्माण कार्यक्रमको शिलान्यास नगर प्रमुख केदार गुरागाईंले गरेको छ। सुन्दरहरैंचा नगरपालिका, लुमन्ती, सेल्याबिकको सहयोगमा नगर भित्र ५० वटा घर सुकुम्बासीलाई निर्माण गर्ने हुने भएको छ।
नगरको २नं. वडामा पथरघट्टा नयाँ आवास निर्माण उपभोक्ता समितीले आयोजना गरेको शिलान्यास कार्यक्रम लाई सम्बोधन गर्दै स्थानियको जनप्रतिनिधि भएकोले जनताको समस्या समाधानका लागि सबै जनप्रतिनिधि एक हौ भन्दै लुमन्तीसंग सहकार्यले अवासबिहिनलाई भएकोलाई नगरपालिका समेत आवास निर्माणलाई बढाउदै लैजाने बताए। ५० घर निर्माण समम्पन्न पछि पुन: ५० घर निर्माण गर्ने भन्दै १ सय घरमा मात्र सिमित नरहेर आवास बिहिनलाई आवस निर्माण गर्ने प्रक्रिया चलिरहने र त्यसको लागि नगरपालिकाको सहयोग योगदान बढाउदै जाने नगर प्रमुख गुरागाईंले बताए।
आफ्नो नयाँ घर बन्ने हुँदा नगरपालिका प्रति अभार अभार प्रकट गरदै रोहित उराँवले साच्चै नै स्थानीय सरकार घरमा आएको अनुभुती गरे। सुन्दरहरैंचाको वडा २ मा ९ वटा , वडा १ मा २ वटा ७ मा २० वटा ,वडा ११ मा ३ वटा र १२ मा १६ वटा आवास निर्माण गरिने लुमन्तीको वरिष्ठ सामुदायिक सहजकर्ता जित बहादुर श्रेष्ठले बताए।
उक्त शिलान्यास खमगरी कार्यक्रममा सो वडाका जनप्रतिनिधि पुर्व वडा अध्यक्ष स्थानिय समाजसेवी, राजनीतिकर्मीको समेत उपस्थिति रहेको थियो।