जन्मदिनको अवसर इन्द्रपुर जेसिज अध्यक्ष आचार्यले बाढिन तयारी पोशाक

इन्द्रपुर जेसिजले फरक क्षमता भएका बिद्यार्थीहरुलाई बिधालय पोसाक बितरण कार्यक्रम गरेको छ। जन्मदिनको अवसरमा जेसिज बर्ष २०२३ का अध्यक्ष रहेका बिना आचार्यले फरक क्षमता भएका बिद्यार्थीसंग जन्म दिन मनाउदै सुन्दरहरैंचा नगरपालिका वडा -१० मा रहेको सुकुना माध्यमिक बिधालयका बिद्यार्थीलाई बिधालय पोसाक बितरण गरेको हो।

जन्मदिनको अवसरमा १६ जना फरक क्षमताका विद्यार्थीसंग मनाउदा बेग्लै खुसिको अनुभव संगाल्दै भावुक समेत बनिन । शारीरिक क्षमता फरक भएका नानीहरूलाई सम्मान तथा पोसाक बितरण कार्यरम गर्दा आचार्य खुसी ब्यक्त गर्दै यस्ता नानिहरुको उज्वल्ल भविष्यको लागि प्रोत्साहन गर्नुपर्ने जोड दिए ।

अगामी दिनमा समेत नानीहरूको पहिचान गरि हमेसा सहयोग गर्ने बताए। उक्त अवसरमा पुर्व अध्यक्ष रमेश खडकाले समाजमा नौलो सुरुवात र गतिलो उदाहरण भएको बताउदै फरक क्षमता भएका बालबालिका घर-घरमा हुन सक्छन उनिहरु पहिचान गरि बिधालय सम्म ल्याउने अवसरको प्रदान गर्न सकिने कुरामा जोड दिए। फरक क्षमता भएका बिद्यार्थीलाई हरपल हेरचाह गर्ने गिता थापालाई समेत सम्मन गरेको थियो। उक्त कार्यक्रम बिधालय प्राध्यापक नारायण गौतम , राष्ट्रिय जेसिजका महासचिब अमिस ढकाल, जेसिजका पुर्व अध्यक्षहरु , पदाधिकारीहरु , पत्रकार लगायतको उपस्थिति रहेको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ