रेडस्टार माविले चुम्यो अन्तर विद्यालय (कक्षा ११ र १२) नकआउट फुटबल प्रतियोगिताको उपाधि !

रेडस्टार माविले चुम्यो अन्तर विद्यालय (कक्षा ११ र १२) नकआउट फुटबल प्रतियोगिताको उपाधि !

पथरी शनिश्चरे, समाचारदाता, पुस-७
अन्तर्विद्यालय नकआउट फुटबल प्रतियोगिताको उपाधि मोरङको पथरी शनिश्चरे-२ स्थित रेडस्टार फुटबल टिमले उचालेको छ।
आज मिल्स फार्क क्लब रानी, विराटनगरद्वारा आयाेजित फाइनल खेलमा रेडस्टार फुटबल टिमले २-० को अन्तरमा मोडन एरा स्कुल विराटनगरलाई पराजित गर्दै उक्त प्रतियोगिताको उपाधि चुमेको हो।
आजको निकै प्रतिस्पर्धात्मक र सन्सनीपूर्ण प्रतियाेगिताको दोस्रो हाफमा रेडस्टार फुटबल टिमका जर्सी नम्बर १४ का सोनम गुरुङ (कक्षा १२) र जर्सी नम्बर ३० का सौगात राई ( कक्षा -११) ले प्रहार गरेको गोलले नेट चुम्दै आफ्नो टिमलाई विजय तुल्याएको थियो।
कोशी प्रदेशका खेलकुद विकास बोर्ड अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यतामा भएको सो प्रतियोगिताको आज सम्पन्न खेलमा रेडस्टार फुटबल टिमका कक्षा ११ मा अध्ययनरत सौगात राई ‘बेस्ट फरवार्ड’ र ‘म्यान अफ दि म्याच’ घोषित भए । उनी नगद सहित ट्रफी र मेडलले पुरस्कृत भएका थिए।

यसैगरी, खेल अवधिभर ‘सर्वोकृष्ट खेलाडी’को विधामा कक्षा १२ का जोसन कार्की पुरस्कृत भए भने कक्षा १२ का सोनाम गुरुङ (५ गोल ) सर्वाधिक गोलकर्ता घोषित भएका थिए। त्यस्तै, कक्षा १२ का विजय गुरुङ बेस्ट गोलकिपर घोषित हुँदा युकेश तामाङ ‘बेस्ट कोच’को रूपमा पुरस्कृत भएका थिए।

मिल्स फार्क क्लब, रानी, विराटनगरका अध्यक्ष धन कुमार लामाको अध्यक्षतामा सम्पन्न भएको पुरस्कार वितरण कार्यक्रममा प्रतियोगिताको विजेता रेडस्टार फुटबल टिमलाई ५१ हजार र उपविजेता मोडन एरा स्कुल विराटनगरलाई ३१ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।
बिजयीहरुलाई विराटनगर १६ का वडाध्यक्ष उद्धव भुजेल,मिल्स फार्क क्लबका अध्यक्ष धनकुमार लामा र खेलका संयोजक श्याम लामाले पुरस्कार बितरण गरेका थिए ।
उक्त अवसरमा रेडस्टार अंग्रेजी माध्यमिक विद्यालयका निर्देशक तथा प्रिन्सिपल टिएन तिम्सिना, आई.एस.ए. कोअर्डिनेटर राजु तिम्सिना, भाईस प्रिन्सिपल बसन्त मादेन, लगायतको उपस्थिति रहेको थियो।
हिजोसम्म मोरङको याङ्सिलामा संचालन भएको गत (मङ्सिर १६ गतेदेखि हिजो पुस- ५ गते शुक्रबारसम्म) राष्ट्रिय सेवा दलद्वारा सञ्चालित एन.सी.सी. जुनियर डिभिजन ५० औँ ब्याज तालिम अन्तर्गत आयोजित विभिन्न प्रतियोगिताहरूमा रेडस्टार माविका छात्र- छात्राहरूले पब्लिक स्पीकिङ , छात्रा भलिबल,, सांगीतिक नृत्य प्रतियोगिता, छात्र फुटबल, समग्र प्रस्तुति आदि विभिन्न विधाहरूमा उत्कृष्ट नतिजा सहित प्रदर्शन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *