मार्टस स्कुलद्वारा उत्कृष्ट विद्यार्थी सम्मान, नयाँ शैक्षिक सत्रबाट कक्षा ११ र १२ सञ्चालन
मार्टस स्कुलद्वारा विद्यार्थिहरु सम्मानित, नयाँ शैक्षिक सत्रबाट ११ र १२ संचालन गर्ने
विराटनगर । विराटनगर १० मा अवस्थित मार्टस मेमोरियल स्कुलले प्रथम त्रेमासिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थिहरुलाई सम्मान गरेको छ । स्कुलले प्रथम त्रेमासिक परिक्षाफल प्रकाशन गरि उत्कृष्ट नतिजा ल्याउने कक्षा नर्सरी देखी कक्षा १० सम्मका विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
आज स्कुल परिसरमा अभिभावकहरुको उल्लेखनीय उपस्थितिका माझ स्कुलले प्रथम त्रेमासिक परिक्षामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थिहरुलाई सम्मान गरेको हो । विद्यार्थीहरुलाई स्कुलका प्रिन्सिपल विजय डाँगी लगायत शिक्षक तथा शिक्षिकाहरुले सम्मान गरेका थिए ।
विराटनगरमा रहेर निरन्तर उत्कृष्ट शिक्षाप्रदान गर्दै आईरहेको स्कुलले नयाँ शैक्षिक सत्रबाट नयाँ भवनमा मन्टेश्वरी पध्दतिबाट पठन पाठन गराउने भएको छ । त्यसैगरि स्कुलले पढाईका साथै नृत्य, संगित, चित्रकला , अत्याधुनिक कम्प्युटर प्रयोगशाला, खेलकुद लगायतका अतिरिक्त क्रियाकलापहरुलाई समेत मध्यनजर गदै नयाँ प्रविधिबाट संचालग गर्ने प्रिन्सिपल डाँगिले बताएका छन् ।
विगत लामो समयदेखी विराटनगरमा रहेर शिक्षा क्षेत्रमा योगदान दिदै आईरहेको मार्टस स्कुलले नयाँ शैक्षिक सत्र ८३ र ८४ बाट अत्याधुनिकभवन सहित कक्षा ११ र कक्षा १२ तफै विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, कम्प्युटर व्यवस्थापन र होटल म्यानेजमेन्टको पठन पाठन संचालन गर्ने स्कुल प्रसाषनले बताएको छ ।
