थारू संस्कृतिमा आधारित “चलगे छौडी” गीत सार्वजनिक हुने तयारी, पुष्पे चौधरीलाई समर्पण
थारू संस्कृतिमा आधारित “चलगे छौडी” गीत सार्वजनिक हुने तयारी, पुष्पे चौधरीलाई समर्पण
बागीया इन्टरटेन्मेन्टको प्रस्तुति रहेको नयाँ थारू सांगीतिक म्युजिक भिडियो “चलगे छौडी” शीघ्र सार्वजनिक हुने तयारीमा रहेको छ। यो गीत थारू समुदायका प्रिय यूवा स्व. पुष्प कुमार चौधरी (पुष्पे) लाई समर्पित गरिएको बताइएको छ।
गीतमा थारू समुदायको नृत्य शैली, गाउँको वातावरण, पहिरन र सामाजिक भावनालाई विशेष रूपमा अभिव्यक्त गरिएको छ।
गीत निर्माणमा थारू कला केन्द्र तथा जनचर्चा टाइम्स को सहकार्य रहेको छ।
म्युजिक भिडियोको छायांकन गाउँकै प्राकृतिक परिवेशमा गरिएको छ, जसले थारू जीवनशैली, सामुदायिक एकता र लोकसंस्कृतिको वास्तविकता झल्काउनेछ।
गीत चाँडै नै बागीया इन्टरटेन्मेन्टको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिनेछ।
