लेभल २ सिलाई कटाई तालिम सम्पन्न
लेभल २ सिलाई कटाई तालिम सम्पन्न
सुन्दरहरैंचा / अषाढ २५ गते
सुनसरीको इटहरी उपमहानगरपालिका वडा १४ र १५ वडामा मा संचालित ४५ दिने लेभल २ सिलाई कटाई तालिम मंगलबार सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिका रोजगार शाखाको आर्थिक सहयोग तथा पहिलो पाइला इन्ष्टिच्युट प्रा.लिको योजनामा सम्पन्न भएको हो।
समापन कार्यक्रममा बोल्दै नगर उपप्रमुख संगीता चौधरीले सिपलाई जिवनमा लागु गर्न र मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै श्रम र सिपले आय आर्जन गर्न सकिने बताउनु भयो ।साथै उहाँले स्थानियहरुको माग अनुसार तालिम दिएकाले आफुले सिकेको सिपलाई व्यवहारमा उतार्दै व्यवासायिक बन्न आग्रह गर्नुभयो । नगरपालिकाले आगमी दिनमा थप सिप विकासमा सहयोग गर्ने समेत प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा प्रशिक्षक जानुका निरौलाले सिलाई कटाई तालिमबाट दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले तालिम प्रधान गरीएको बताउदै तालिमले महिला दिदिबहिनीहरुलाई स्वरोजगार, आत्म निर्भर बन्न र आर्थिक उपार्जनमा समेत महत्वपूर्ण योगदान पुर्याउने बताउनु भयो ।
तालिममा ४१ जना महिलाहरुको सहभागि थिए । तालिममा सिकेका सीपलाई भरपुर सदुपयोग गर्दै उद्यमशिलता तर्फ अग्रसर हुने तालिम सहभागीहरु धारणा रहेको थियो ।
तालिम कार्यक्रम निर्देशक पार्वती गच्छदारले स्थानिय समुदायहरु बेरोजगारी भई बसिरहेको अवस्था र उनीहरुमा सिप विकास गरी आय आर्जनमा व्यवस्थापन गर्नको लागी तालिम आयोजना गरिएको बताउनु भयो।
यस्ता खालका स्वरोजगारमूलक ज्ञान र सीपले गांउ टोलको मात्र नभएर सिंगो राष्ट्रकै बिकास र समृद्धिमा टेवा पूग्ने र सीपको माध्यमले आयआर्जनसंगै आत्मनिर्भर र स्वरोजगार बन्न सकिने वडा १५ का अध्यक्ष जयनाराण चौधरीले बताउनु भयो।