सुन्दरहरैंचामा नाम र वतन नखुलेको एक व्यक्ति मृत फेला

सुन्दरहरैंचामा नाम र वतन नखुलेको एक व्यक्ति मृत फेला

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -४ बडहरा देखि त्रिवेणी रिसोर्ट जाने बाटोमा अन्दाजी ३० बर्षको एक व्यक्ती मृत फेला परेको छ।
सो व्यक्तिको तत्कालै नाम थर र ठेगाना नखुलेको पहाडेमुलक जस्तो देखिने र साइकलबाट लडेर बाटो छेउमा रहेको पैनीमा डुबेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।
स्थानीयले साइकल सहित पैनीमा डुबेको अवस्थामा रहेको सो व्यक्तीलाई निकालेर हेर्दा मृत्यु भइसकेको जनाएको छ।
तत्कालै अस्थायी प्रहरी चौकी बलिया टोली खटि घटना स्थल सुरक्षित राखेको थियो भने थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि इलाका प्रहरी बेलबारीका प्रमुख तथा प्रहरी निरीक्षक तेज बहादुर दाहाल सहितको टोली पुगेको थियो।
मृतकको शवलाई मरचरीमा राख्न र शव पोष्टमार्टमका लागि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ। मृतक व्यक्तिको पहिचान खुल्न बाकी रहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेज दाहालको नेतृत्वमा थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *