नेपालमा १० हजार मेडिकल विद्यार्थी ल्याए वार्षिक १ खर्ब राजस्व सम्भव

काठमाडौं — निजी मेडिकल तथा डेण्टल कलेज संघका कोषाध्यक्ष शान्तराम बतासले नेपालमा १० हजार विदेशी मेडिकल विद्यार्थी भित्र्याउन सकिए वार्षिक करिब १ खर्ब रुपैयाँ राजस्व आर्जन गर्न सकिने बताएका छन्।

काठमाडौंमा आयोजित कार्यक्रममा उनले हालको पूर्वाधारले ५ हजार विद्यार्थी धान्न सक्ने र डबल सेसनको व्यवस्था मिलाए संख्यालाई दोब्बर बनाउन सकिने बताए। उनले मेडिकल पर्यटनलाई प्रोत्साहन दिन कोटा सिस्टम खुला गर्ने र अनलाइन आवेदन प्रणाली लागू गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा नेकपा एमाले सांसद ईश्वरी घर्तीले चिकित्सा शिक्षामा सरकारी लगानीलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखिन्। नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा. डा. चोपलाल भुसालले आवश्यकभन्दा बढी जनशक्ति उत्पादन भएपछि मात्र विदेश पठाउन र बाहिरका विद्यार्थी ल्याएर चिकित्सक उत्पादन गर्न नीति बनाउनुपर्नेमा जोड दिए।-—न्युज एजेन्सी नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *