हिमालय इङलिस स्कुलले मनाए ७ औं अभिभावक दिवस
मोरङको सुन्दरहरैचा नगरपालिका वडा -१० मा रहेको हिमालय इङलिस स्कुलले बिबिध कार्यक्रम संगै ७ औं अभिभावक दिवस मनाए ।
स्कुल संस्थापक तथा प्राचार्य कमल खनालको सभाध्यक्षता संचालन भएको उक्त कार्यक्रममा एन प्याब्सन कोशी प्रदेश अध्यक्ष राजन पौडेलले कार्यक्रम समुदघाटन गरे। उदघाटान गर्दै पौडेलले अबको शिक्षा प्राणाली प्राबिधिक र संघिय शिक्षा लागू गर्नुपर्ने जोड दिए । साथै अब दिने छात्रवृत्ति कोटाको आधारमा होइन अंकभार आधारमा दिनु पर्ने बताए।

उक्त कार्यक्रममा बिधालयमा पहिलो भर्ना भएका बिद्यार्थी बादल बस्नेत र अभिभावक लिला बस्नेतलाई सम्मान समेत गरिएको थियो। मोरङ जिल्ला एन प्याबसनले आयोजना गरेको चित्रकला प्रदर्शनी कार्यक्रम द्धितिय हुने यसै बिधालयका बिद्यार्थी र अभिभावकलाई समेत सम्म्मान गरेको थियो। भने बिभिन्न अतिरिक्त विधामा उत्कृष्ट ल्याउने बिधार्थी तथा उत्कृष्ट शिक्षकलाई समेत सम्मान गरिएको थियो।
एक समयमा शिक्षा माफियाको आरोप लगाउने प्रति अहिले त्यसो सोच्ने प्रती गलत मानसिकता बिकास भएको र हाल निजि बिधालयमा निकै प्रतिस्पर्धा रहेको भन्दै अब बिधालयले मूल्य घटाएर गुणस्तर बढाएर जानुपर्ने एनब्यापसन सदस्य पराग ढुंगानाले बताए।
हाल शान्त बाताबरण, गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा हाल ३ सय ५० भन्दा बढी बालबालिकाहरु पढ्दै आएका छन्। बिधार्थी नेतृत्व र व्यक्तित्व क्षमता अभिवृद्धि गर्न बर्षे पिच्छे बिबिध कार्यक्रम तथा ट्यालेंट सो कार्यक्रम गर्दै आएको र बिधार्थीलाई घोकन्ते शिक्षा नभएर प्रयोगात्मक माध्यमा शिक्षा दिदै आएको स्कुल प्रिन्सिपल कमल खनालले बताए । प्लेग्रुप देखि कक्षा ७ सम्मको बिधालय सन्चाल भएपनि गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखेर माध्यमिक सम्म बढाउदै जाने प्रिन्सिपल खनालले बताए ।




