झापाकाे मेचीनगरबाट अवैध सुपारीसहित सवारी साधन नियन्त्रणमा

झापा । झापाको मेचीनगर नगरपालिका–६ बाट अवैध सुपारी बोकेको सवारी साधन सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०२–००२ च ५४३२ नम्वरको पिकअप गाडीलाई शंका लागी चेकजाँच गर्दा भीसीटीएस लगायतको आवस्यक कागजपत्र नभएको दुई हजार किलोग्राम सुपारी फेला परेकोले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको अवैध सुपारी र सवारी साधन तथा चालक दमक नगरपालिका१ का मुकेश चौधरी समेतलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय इटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ